संसद विघटनविरुद्ध अदालत जान एमालेको तयारी अन्तिम चरणमा

काठमाडौँ । विघटित प्रतिनिधिसभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधिसभा विघटनको संवैधानिक परीक्षणका लागि सर्वोच्च अदालत जाने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

उनका अनुसार असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै पार्टीले त्यसको विरोध गर्दै आएको छ। प्रतिनिधिसभा पुनः स्थापनाको मागसहित रिट दर्ताका लागि विघटित संसद्का एमाले सांसदहरूको हस्ताक्षर संकलन भइरहेको बर्तौलाले बताएका छन् ।

‘प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले पुनः स्थापना हुनुपर्छ भन्ने पार्टीको स्पष्ट धारणा छ,’ उनले भने, ‘अब रिट लिएर जानेबारे अन्तिम छलफल भइरहेको छ।’

उनका अनुसार मुलुकमा देखिएको राजनीतिक द्वन्द्वको समाधान पनि प्रतिनिधिसभा पुनः स्थापनामार्फत सम्भव हुने विश्वास एमालेले गरेको छ । ‘असंवैधानिक सरकारले गरेको असंवैधानिक विघटनविरुद्ध संवैधानिक उपचार खोज्न हामी तयार छौँ,’ बर्तौलाले भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री