आज एमालेमा झाक्रीसहितका पूर्व नेताहरूको घर फिर्ती !

काठमाडौं । नेकपा (एमाले) ले पार्टीबाट बाहिरिएका नेता कार्यकर्तालाई पुनः पार्टीमा फर्काउन ‘घर फर्क’ अभियान सुरु गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार दिउँसो राष्ट्रिय सभागृहमा विशेष समारोहका बीच अभियानको थालनी गर्दैछन् ।

यसै अभियान अन्तर्गत नेकपा एकीकृत समाजवादीमा लागेका रामकुमारी झाक्रीसहितका प्रभावशाली नेताहरू आज एमालेमा फर्कंदैछन् । दिउँसो साढे २ बजे राष्ट्रिय सभा गृहमा आयोजना गरिने विशेष कार्यक्रममा अध्यक्ष ओलीले झाक्रीसहितका नेताहरूलाई पार्टीमा स्वागत गर्नेछन् ।

एकीकृत समाजवादीमा रहेका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), पोलिटब्युरो सदस्य पीताम्बर तिमिल्सिना, अर्जुन राई, नवराज पौडेल, गम्भीरलाल श्रेष्ठलगायतका नेताहरू पनि एमालेमा फर्कन लागेका हुन् ।

पार्टी विभाजनपछि एमालेबाट अलग्गिएर नेकपा एकीकृत समाजवादीमा लागेका नेता कार्यकर्तालाई एमालेले विभिन्न चरणमा पार्टीमा फर्काउँदै आएको छ । यसै क्रममा आज झाक्रीसहितका नेताहरू एमालेमा फर्कन लागेका हुन् । फर्कने नेताहरूलाई अध्यक्ष ओलीले एक समारोहका बीच स्वागत गर्ने कार्यक्रम छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री