News desk

कठोर बन्दै रञ्जिता, सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई हटाइन्

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् । उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन् । पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन् । रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो । तर, रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता …

पुरा पढ्नुहॊस »

बहसका लागि गृहमन्त्री लामिछानेलाई कांग्रेसको निम्तो, तोक्यो ठाउँ

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई बहसका लागि तयार हुन आग्रह गरेको छ । गृहमन्त्रीले कांग्रेससँग खुला छलफलका लागि तयार भएको तर्क गरेपछि कांग्रेसले संसद्‌मा जवाफ फर्काएको हो । बुधबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीलाई संसदीय समितिमा बहस गर्न चुनौती दिएका हुन् । ‘माननीय गृहमन्त्रीजीमा उत्साह छ । उर्जा छ, बोल्दै गर्दा हामीभन्दा ठूलै स्वरमा बोल्न सक्नुहुन्छ । आउनुस् बहस …

पुरा पढ्नुहॊस »

सुनमा नयाँ कीर्तिमान : एकैदिन १८ सयले बढेर १ लाख ३३ हजार पुग्यो मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउले इतिहास रचेको छ । मंगलबार प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १८ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । तेजाबी सुन तोलामा १ लाख ३२ हजार ३ सय ५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको …

पुरा पढ्नुहॊस »

निजी स्कुलले ७ दिनभित्र नेपालीपन झल्किने नाम नराखे भर्ना रोक्ने महानगरको चेतावनी (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालयहरूलाई नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । सात दिनभित्र त्यस्तो नाम राखेको विवरण उपलब्ध नगराए विद्यार्थी भर्ना प्रक्रिया नै रोकिदिने महानगरपालिकाको चेतावनी छ । बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो । महानगरले शिक्षा नियमावली, २०५९ को नियम १५४ तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ …

पुरा पढ्नुहॊस »

विश्वमा डलर अर्बपतिको संख्या २ हजार ७ सय ८१ पुग्यो, विनोद चौधरी कति नम्बरमा ?

काठमाडौं । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । फोर्ब्सले अहिलेसम्मकै धेरै २ हजार ७८१ जनाको सूची सार्वजनिक गरेको हो । यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो । विश्वका डलर अर्बपतिहरुको कूल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ । यो गत वर्षको भन्दा २ ट्रिलियन धेरै हो । नयाँ रिपोर्ट अनुसार अर्बपतिहरुमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने …

पुरा पढ्नुहॊस »

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, छिमेकी देशहरूमा सुनामीको चेतावनी

काठमाडौं । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ । ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्पको घटना भएको बताएका छन् । चीनमा धक्का बुधवारको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निट्यूड अथवा …

पुरा पढ्नुहॊस »

इलाम-२ र बझाङ-१ (क) को उम्मेदवार छान्न कांग्रेसमा सकस

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठकले इलाम निर्वाचन-२ मा वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने भएको हो । कांग्रेस प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मंगलबार बसेको संसदीय बोर्डको बैठकमा प्रदेश कार्यसमितिले सिफारिस गरेका उम्मेदवारको नामावलीमाथि छलफल भएको छ । उनले भने, ‘उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्छ ।’ …

पुरा पढ्नुहॊस »

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ६८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

बागमतीमा एमालेका ४ मन्त्रीले लिए शपथ

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका नवनियुक्त चार मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ गराएका हुन् । सोमबार विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेका चार जनालाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्री बन्नेमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकलाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर …

पुरा पढ्नुहॊस »