नक्सालको भाटभटेनी भत्काउने क्रममा एकजनाको मृत्यु

काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, उद्धार गरी उपचारका लागि लगाइएका दुइमध्ये एक जनाको निधन भएको हो ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएका उक्त भवन मर्मत तथा सरसफाइका लागि भत्काउन थालिएको थियो । आगलागीले क्षतिग्रस्त भवन भत्किन थालेपछि भग्नावशेष हटाउने क्रममा दुई जना गम्भीर घाइते भएका थिए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यका र देशका विभिन्न स्थानमा रहेका भाटभटेनी भवनमा तोडफोड र आगजनी भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री