काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३०.०२ अंकले घटेर २ हजार ५६६.०९ विन्दुमा बन्द भएको हो।
आज १ करोड ६ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ९० करोड ७६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।
आज २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २२२ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। एउटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
त्यस्तै, दरमखोला हाइड्रो इनर्जी, माबिलुङ इनर्जी र सागर डिष्टिलरीको शेयरमूल्यमा रकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको भएको छ । कम्पनीको मात्र २७ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
तपाईंको प्रतिकृया




