सूर्यदर्शन सहकारीका थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

काठमाडौँ । सूर्यदर्शन सहकारीका थप दुई पदाधिकारीविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । आइतबार सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो ।ग

त शुक्रबार यसमा जोडिएका मुख्य आरोपी जीबी राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको थियो ।

दुई साताअघि जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौँले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई अनुुरोध गरेको थियो ।

यो नोटिस जारी भएपछि विश्वका जुनसुकै देशमा भेटिए पनि उनीहरूलाई इन्टरपोलले पक्राउ गरेर डिपोर्ट गर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस