लिङ्देनलाई रेखाको जवाफ- छोरी अमेरिका पठाएर उपदेश दिने नैतिकता कस्तो हो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति अभिनेत्री तथा सोही पार्टीकी केन्द्रीय कार्यसम्पादन समिति सदस्य रेखा थापाले आपत्ति जनाएकी छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले रेखा थापातर्फ इङ्गित गर्दै बच्चा जन्माउनका लागि अमेरिका गएकोप्रति कटाक्ष गरेका थिए । उनले एउटी महिलाले पहिलोपटक पाउने सन्तान अब यो धर्तीमा जन्माउन नचाहने अवस्था आएको बताएका थिए ।

‘चर्चित कलाकारले बेबी प्लान भनेर पोष्ट गर्नुभयो । उहाँ नानी जन्माउन अमेरिका जानुभयो । आफूले पाउने उत्तराधिकारी सुरक्षित रुपमा जन्महोस् भनेर लगेको होला भनेको त, उसलाई त्यहाँ जन्माएपछि उ त अमेरिकी हुने रहेछ’ उनले भनेका थिए, ‘जीवनमा एउटा महिलाले पहिलोचोटी प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । आफ्नो सन्तान नेपाली नहोस् भन्नेमा भविष्य सुरक्षित ठान्ने अवस्था आउँछ भने देशको अवस्था, राष्ट्रियताको अवस्था कहाँ पुग्यो ? यो भन्दा देशको लागि दुर्भाग्यको अवस्था के हुन सक्छ ? राष्ट्रियताको भान मर्दै गएको हो कि हैन ?’

उक्त कटाक्षपछि नायिका थापाले अमेरिकाबाटै सामाजिक सञ्जालमार्फत जवाफ फर्काएकी छिन् । उनले आक्रोशित हुँदै लेखेकी छिन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो ! अमेरिकामा किन राखेको ?’

राप्रपा अध्यक्ष लिङदेनकी छोरी अमेरिकामा छिन् । यति मात्रै हौन रेखा थापाले एक्समा अर्को पोष्ट राख्दै उनले छोरी अमेरिका पठाउने अनि जनताका बिचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो भन्दै प्रश्न गरेकी छिन् ।

‘राष्ट्रवादी हुने अभियानको पछिल्लो किस्ता नाटकको बेलुन कोशीमा भ्वाङ्ग परेपछि, बिरालाहरू खाँबो कोतर्दै छन रे त ! आफ्नो छोरा मिसनरी स्कुल पढाउने, छोरी अमेरिका पठाउने अनि जनताका बिचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नि ? उनले लेखेकी छिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री