News desk

कृष्णप्रसाद भट्टराई निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति : उपप्रधानमन्त्री खड्का

काठमाडौँ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताएका छन् । ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले आफ्नो पूरै जीवन यो देश, देशको माटो, जनता र लोकतन्त्रका लागि समर्पित गर्ने सन्तनेता भट्टराई सधै प्रेरणाको श्रोत भएको बताए । उपप्रधानमन्त्री खड्काले स्वर्गीय भट्टराई नेपाली राजनीति, देश र जनताका अतुलनीय नेता भएको भन्दै …

पुरा पढ्नुहॊस »

हुन्डाई एक्सटरको बुकिङ खुल्ला, चाँडै डेलिभरी सुरु हुने

काठमाडौँ । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले SUV Exter को बुकिङ खुल्ला गरेको छ । गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो | Hyundai Exter ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो SUV हो जुन Hyundai Venue भन्दा अघि रहने छ । आकर्षक बनोट र विभिन्न फिचरले Exter लाई एक विशेष SUV बनाएको छ । कम्पनीका अनुसार गत जुलाई महिनामा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । उपत्यकामा वर्षा भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा बिहीबार साँझ हल्का वर्षा भएको हो । उपत्यकाको विभिन्न स्थानमा अहिले छिटपुट वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मंगलबारबाट पश्चिम नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको असर देखिने बताएको थियो । पश्चिमी भूभागमा वर्षा र हिमपात भइरहेको छ ।

पुरा पढ्नुहॊस »

बाँसबारी जग्गा घोटाला प्रकरण : चौधरी र थापालाई ४/४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । बाँसबारी छाला तथा जुत्ता कारखाना जग्गा घोटाला प्रकरणमा पक्राउ परेका सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । पक्राउ परेका चौधरीलाई आजै जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएको थियो । सोही प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित …

पुरा पढ्नुहॊस »

भारतले नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने

काठमाडौं । छिमेकी देश भारतले नेपाललाई उपलब्ध गराउने आर्थिक सहायता रकम वृद्धि गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार संसद्‍मा प्रस्तुत गरेको आर्थिक वर्ष २०२४-२५ को बजेटमा नेपाललाई उपलब्ध गरिने आर्थिक सहायता वृद्धि गरिएको उल्लेख छ । भातरले नेपाललाई यो वर्ष सात अर्ब भारतीय रुपैयाँ (११.२ अर्ब नेपाली रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको छ । यो सम्पूर्ण रकम अनुदान सहयोगमार्फत उपलब्ध गराइनेछ । अघिल्लो आर्थिक वर्ष २०२३-२४ को बजेटमा …

पुरा पढ्नुहॊस »

आहा रारा गोल्डकपको सेमिफाइनल र फाइनल डिशहोम गो’मा हेर्न पाइने

काठमाडौं । कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएकोमा अब डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ । सुरुदेखि एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण हुँदै आएकोमा अब टेलिभिजन र एपमा पनि हेर्न पाइने भएको हो । त्यसका लागि डिशहोमकै एप ‘डिशहोम गो’ मा बिहीबारको सेमिफाइनल र शनिबारको फाइनल खेल प्रत्यक्ष प्रशारण हुने छ । सेमिफाइनलमा आज ए डिभिजन लिग …

पुरा पढ्नुहॊस »

‘दयारानी’ माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने

काठमाडौँ । नेपाली चलचित्र दयारानी माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै अभिनेता दयाहाङ राईले विवाह गरेको धेरै समयपछि सन्तान नभएपछि उपचार खोज्न हिँड्ने कथामा चलचित्र बनेको बताए । चिकित्सकले आफूबाट सन्तान उत्पादन गर्नसक्ने क्षमता नभएको बताएपछि दयाहाङ राईको पात्रले यो सत्यलाई लुकाएर यसको दोष पत्नीलाई लगाउँछ । आफूलाई मर्दको रुपमा देखाउन उक्त पुरुष …

पुरा पढ्नुहॊस »

एनआईसीसीआईद्वारा निवर्तमान अध्यक्ष नवराज ढकालको सम्मानमा बिदाइ दिवाभोज

काठमाडौँ । नेपाल इटालियन चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री (एनआईसीसीआई) ले हालै तत्कालिन निवर्तमान अध्यक्ष नवराज ढकालको सम्मानमा हार्दिक विदाई कार्यक्रम आयोजना गरेको छ । ढकालको समर्पित सेवालाई स्मरण गर्दै कार्यक्रममा अध्यक्ष सञ्जय अग्रवाल, सचिव रोमनाथ घिमिरे, उपाध्यक्ष रुपक राजवंशी, बोर्ड सदस्यहरू, विशिष्ट अतिथिहरू लगायतका सम्मानित सदस्यहरूको उपस्थिति थियो । सचिव रोमनाथ घिमिरेले ढकालको उत्कृष्ट एवं उदाहरणीय नेतृत्व र प्रतिबद्धताका लागि एनआईसीसीआइको विकास तथा नेपाल र इटालीबीचको सम्बन्धलाई प्रगाढ बनाउन …

पुरा पढ्नुहॊस »

सरकारी जग्गा हिनामिना प्रकरणमा अरुण चौधरी पक्राउ

काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको हो । सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ । चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ । अरुण औद्योगिक-व्यापारिक घराना चौधरी ग्रुप …

पुरा पढ्नुहॊस »

डिएभी कलेजद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न, बिजेताले पायो ३ लाख नगद पुरस्कार

काठमाडौँ । डिएभी कलेजले आयोजना गरेको पाँचौँ डि.ए.भी. कलेज (+2) अन्तर कलेज 6 A side फुटसल प्रतियोगिता सम्पन्न भएको छ । गत शनिवार संस्थाका अध्यक्ष अनिल केडियाको उपस्थितिमा फुटसल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको हो । खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले फुटसल प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ । कलेजकै फुटसल मैदानमा उक्त प्रतियोगिता भएको हो । जसमा ४२ जना खेलाडीहरू सहभागी थिए …

पुरा पढ्नुहॊस »
This will auto close after