बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु

child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

काठमाडाैं । बाल्टिनको पानीमा डुबेर कैलालीमा एक वर्षीय बालकको मृत्यु भएको छ ।

शुक्रबार गौरीगंगा नगरपालिका–२ मालिका टोलका नरीबहादुर ऐरका एक वर्षीय छोरा वीरेन्द्र ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

वीरेन्द्र बाल्टिनमा भरिएको पानीमा डुबेर अचेत भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो ।

अस्पतालमा पुर्‍याउँदा डाक्टर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री