महोत्तरीको भंगाहा घटनाको छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं । सरकारले महोत्तरीको भंगाहा घटनाको छानबिन गर्न समिति बनाएको छ । गृह मन्त्रालयले मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको जानकारी दिएको छ ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराम मरासेनी सदस्य रहेका छन् ।

समितिले घटना र त्यसबाट भएको क्षतिको सम्बन्धमा सरोकारवालासँग छलफल गरेर ७ दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश पाएको छ ।

बिहीबार महोत्तरीको भंगाहा ८ मा छठ पर्वको अवसरमा आयोजित कलश यात्राको सिलसिलामा दुई पक्षबीच विवाद सिर्जना भएको थियो । विवादले मुस्लिम र हिन्दु समुदायबिच धार्मिक हिंसा भड्किएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री