News desk

नेपाल प्रहरीका १८ एसएसपीको पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १८ एसएसपीको पदस्थापन भएको छ । आइतबार बढुवा भएका १८ एसएसपीको मंगलबार पदस्थापन भएको हो । पदस्थापनअनुसार आइजी सचिवालयमा भूपेन्द्र खत्रीलाई राखिएको छ । त्यहाँ कार्यरत एसएसपी दीपेन्द्र जिसीको प्रहरी शिक्षालयमा सरुवा भइसकेको छ । त्यस्तै अखतीयार दुरुपयोग अनुसन्धान आयोग टंगालमा राजन अधिकारीलाई खटाइएको छ । त्यसैगरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा लालमणी आचार्यलाई खटाएको छ । गृहमन्त्रीस्तरबाट १२ एसएसपीको सरुवा तथा २१ जनाको पदस्थापन भएको …

पुरा पढ्नुहॊस »

फरार पूर्वमन्त्री टोपबहादुर रायमाझीको निवासमा खानतलासी

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सामेल भएको भन्दै पक्राउ पूर्जी जारी गरिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा प्रहरीले खानतलासी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गरेको हो । प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म फेला पर्न नसकेपछि प्रहरीले खोजी गर्ने क्रममा रायमाझीको निवासमा खानतलासी गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले अर्घाखाँचीबाट …

पुरा पढ्नुहॊस »

सरकारले भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारबिरुद्ध फाइल मात्रै नभइ फायर खोल्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले सरकारले नक्कली भूटानी शरणार्थी भ्रष्टाचारको फाइल खोलेर मात्रै नहुने भन्दै यसलाई निस्कर्षकमा पुर्याउनुपर्ने बताए । उनले सरकारले भ्रष्टाचारकाबिरुद्ध फाइल मात्रै नभएर फायर खोल्दै निर्दोष कोही फस्नु नहुने र दोषी …

पुरा पढ्नुहॊस »

डिजिटल सुदूरपश्चिम संवाद इन एशोशिएसन विथ फोनपे

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको धनगढीमा डिजिटल संवाद ४.० आयोजना भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा सोमबार धनगढीमा डिजिटल सुदूरपश्चिम संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न भएको हो । सोमबार भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष मोहन देव विष्ट र सदस्य प्राडा जगत बहादुर सिंह रावल, सामाजिक विकास मन्त्रालयका कार्यवाहक सचिव गणेश …

पुरा पढ्नुहॊस »

संकटा क्लबलाई हिमालयन बैंकको १० लाख रुपैयाँ सहयोग

काठमाडौं । हिमालयन बैंकले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्यूरोड स्थित संकटा क्लबलाई १० लाख रुपैयाँ प्रदान गरी प्रायोजन गरेको छ। सो रकम खेलाडीहरूको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको बैंकले बताएको छ। बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरूको विकास र प्रवर्द्धनमा योगदान प्रदान गर्दै आएको छ। बैंकका तर्फबाट बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ तथा प्रमुख …

पुरा पढ्नुहॊस »

सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको मंगलबार जवाफ दिँदै उनले सरकारले प्रतिवद्धता गरेका कुराहरुबाट पछि नहट्ने बताए । ‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन’ उनले भने, हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौं ।’ मन्त्री डा. महतले सरकारको सम्पूर्ण ध्यान मितव्ययितातर्फ केन्द्रित हुने र …

पुरा पढ्नुहॊस »

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई छनविन गरी कारवाही गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सो प्रकरणमा संलग्न सांसदहरु सदनमा बोलिरहेको उल्लेख गर्दै उनीहरुलाई किन पक्राउ नगरिएको भनि सरकारलाई प्रश्न समेत गरे । मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले पक्राउ पूर्जी जारी गरिएका, सो प्रकरणमा आशंका गरिएकाहरुमाथि छिटोभन्दा छिटो छानविन गरी कारबाहीको प्रक्रियामा ल्याउन सरकारलाई सचेत गराए । सांसद …

पुरा पढ्नुहॊस »

आरजुलाई तोसिमाको प्रश्न- भ्रष्टाचारमा लिङ्ग जोडिन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ भन्दै प्रश्न गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डा. कार्कीले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवातर्फ इंगित गर्दै भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ? भन्दै प्रश्न गरेकी हुन् । केही दिन अघि देउवाले संसद बैठकमा भुटानी शरणार्थी प्रकरणको टेप काण्डको अनुसन्धान माग गर्दा महिला हिंसा भन्दै गुनासो गरेकी थिइन् । ‘एक महिला माननीयज्यूले भन्नुभयो …

पुरा पढ्नुहॊस »

मेस्सीले जिते लाउरेस वल्ड स्पोर्ट्सम्यान अवार्ड, टिम अफ द इयर बन्यो अर्जेन्टिना

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले लाउरेस वल्ड स्पोर्ट्सम्यान अवार्ड पाएका छन् । टिम अफ द इयरको अवार्ड अर्जेन्टिनाले जितेको छ । गत नोभेम्वर र डिसेम्वरमा भएको विश्वकपको उपाधि जिताएका अर्जेन्टिनाको कप्तान मेस्सीले विश्वकपमा ७ गोल र गोल्डेन बल जित्न सफल भएका थिए । मेस्सी एकै वर्ष टिम र व्यक्तिगत अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् । पीएसजीका समेत फरवार्डले भने, ‘यो विशेष सम्मान हो । म राष्ट्रिय टोलीबाट मात्र …

पुरा पढ्नुहॊस »

मन्त्री फेरबदलमै बिते प्रचण्डका साढे चार महिना

काठमाडौं । संसदीय राजनीतिक इतिहासका ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढे चार महिना गठबन्धन र मन्त्री फेरबदलमै बितेको छ । गत पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो अवधि जनसरोकारका विषयभन्दा पनि सरकारका मन्त्री फेरबदल, मन्त्रालय भागबण्डा र गठबन्धन परिवर्तनमै बितेको छ । प्रधानमन्त्री प्रचण्डले यस बीचमा १० पटक मन्त्रीमण्डल विस्तार गरे भने चारपटक मन्त्रीहरूको राजीनामा स्वीकृत गरे । त्यस्तै, साढे चार महिनाको अवधिमा तीनपटक गठबन्धन फेरबदल गरेका प्रचण्डले …

पुरा पढ्नुहॊस »