मेस्सीले जिते लाउरेस वल्ड स्पोर्ट्सम्यान अवार्ड, टिम अफ द इयर बन्यो अर्जेन्टिना

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले लाउरेस वल्ड स्पोर्ट्सम्यान अवार्ड पाएका छन् । टिम अफ द इयरको अवार्ड अर्जेन्टिनाले जितेको छ ।

गत नोभेम्वर र डिसेम्वरमा भएको विश्वकपको उपाधि जिताएका अर्जेन्टिनाको कप्तान मेस्सीले विश्वकपमा ७ गोल र गोल्डेन बल जित्न सफल भएका थिए । मेस्सी एकै वर्ष टिम र व्यक्तिगत अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् ।

पीएसजीका समेत फरवार्डले भने, ‘यो विशेष सम्मान हो । म राष्ट्रिय टोलीबाट मात्र नभई पिएसजीका मेरा सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु । मैले एक्लै यो कुनै पनि हासिल गरेको छैन र म उनीहरूसँग सबै कुरा साझा गर्न सक्षम भएकोमा कृतज्ञ छु ।’

अर्जेन्टिनाले २०१८ को च्याम्पियन फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै तेस्रोपटक विश्व च्याम्पियन बन्न सफल भएको थियो । अर्जेन्टिनाले इङ्ल्यान्डको युरो २०२२ जित्ने लियोनेसेस, पुरुष च्याम्पियन्स लिग विजेता रियल म्याड्रिड र फ्रान्सको पुरुष सिक्स नेसन्स च्याम्पियनलाई हराएर अवार्ड जितेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री