News desk

रहेनन् ‘जिउँदो शहीद’ मुकेश कायस्थ

काठमाडौँ । दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेका मुकेश कायस्थको निधन भएको छ । ‘जिउँदो शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालकाअनुसार ०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कन्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो । कायस्थको आज अन्तिम संस्कार गरिने …

पुरा पढ्नुहॊस »

पूर्वगृहमन्त्री खाँण पक्राउ परेपछि कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । बुधबारको बैठकमा खाँणकाबारेमा प्रारम्भिक छलफल भएपनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने अनुमान गरिएको छ ।

पुरा पढ्नुहॊस »

पूर्वाञ्चल विश्वविद्यालयमा नबिल बैंकको शाखा कार्यालय र सभागृह शिलन्यास

मोरङ । पूर्वाञ्चल विश्व विद्यालयभित्र नबिल बैंकको शाखा कार्यालय र सभागृह बन्ने भएको छ । विश्वविद्यालय परिसर भित्र शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री अशोककुमार राईले नबिल बैंकको गोठगाउँ शाखा कार्यालय र विश्वविद्यालयको लागि ७५० सिट क्षमताको सभागृहको शिलान्यास गरेको छन् । विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीका साथै गोठगाउँका बासिन्दाहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान उद्देश्यले विश्वविद्यालय परिसरमा शाखा कार्यालय स्थापना गर्न नबिल बैंकले जनाएको छ । साथै, नबिल बैंकले विश्वविद्यालयको लागि …

पुरा पढ्नुहॊस »

आइएमईमार्फत आएको रेमिटेन्स आइएमई पेमा लिँदा १०० रुपैयाँ बोनस

काठमाडाैं । ‘आइएमई पे’ मा आइएमईको केही अन्तर्राष्ट्रिय साझेदारहरूमार्फत रेमिटेन्स प्राप्त गर्दा अब ग्राहकले १०० रुपैयाँ बोनस पाउने भएका छन्। आइएमई पेले आइएमई रेमिटसँगको सम्झौता अन्तर्गत ग्राहकलाई सजिलै आफ्नो वालेटमा रेमिटेन्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आइरहेको छ। साथै, पछिल्लो समयदेखि आइएमई पेले वालेटमा रेमिटेन्स दाबी गर्ने ग्राहकलाई ५० रुपैयाँ बोनस दिँदै आइरहेको छ। यसैक्रममा अब ग्राहक वर्गले अमेरिका, युरोप, क्यानडा, मलेशिया, कतार, युएई, कुवेत र बहराइनलगायत विश्वको जुन …

पुरा पढ्नुहॊस »

बुधबार थप १७ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५०५ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १४१ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् । कोरोना संक्रमणबाट बुधबार मात्रै २३ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहॊस »

ठूला नेताहरुको सम्पत्ति छानबिन हुनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ठूला नेताहरुको सम्पती छानबिन हुनुपर्ने बताएका छन् । बुधवार काठमाडौँमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूले धेरै पटक पार्टीको केन्द्रिय समितिमा र संसदमा समेत यसबारेमा कुरा उठाइसकेको उनले बताए । मन्त्री गुरुङले विकृति, विसंगति, बेथितिले नेताहरुको अनुहार लत्पतिएको तर्क गरे । देश रुपान्तरणका लागि पहिला आफैँ रुपान्तरण हुन जरुरी रहेको उनको भनाई छ …

पुरा पढ्नुहॊस »

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रहरीले खाँणलाई बुधबार बिहान मैजुबहालबाट पक्राउ गरेको थियो । खाँणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले म्याद थपको अनुमति लिएको छ । नक्कली शरणार्थी प्रकरणमा खाँणसँगै सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार …

पुरा पढ्नुहॊस »

सिंहदरबारमा गृहमन्त्रीसहित शीर्ष नेताहरुको बैठक

काठमाडौं । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ । करीब २ घण्टादेखी जारी शीर्ष नेताहरुको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्का दलका आइप्रोफाइल नेता मुछिएका बेला शीर्ष नेताहरुबीच भएको छलफललाई अर्थपूर्ण हेरीको छ । छलफलको एजेण्डा संक्रमणकालीन न्यायसम्बन्धी विषय भनिएको पनि आजै पुर्वगृहमन्त्री एवं नेपाली …

पुरा पढ्नुहॊस »

नक्कली भूटानी शरणार्थी प्रकरण कुनै भेटघाटले प्रभावित नहोस् : महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणलाई कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताएका हुन् । उनले सो प्रकरणमा संलग्न जुनसुकै दलको जुनसुकै ओहोदाको व्यक्ति भएपनि कारबाही हुनुपर्ने बताए । उनले बजारको हल्लाले पनि अनुसन्धान प्रभावित हुनुनहुने उल्लेख गरे । महामन्त्री थापाले अनुसन्धान स्वतन्त्र …

पुरा पढ्नुहॊस »

एमाले सचिव टोपबहादुर रायमाझी पार्टीबाट निलम्बित

काठमाडौँ । नेकपा एमालेका सचिव रहेका सांसद टोपबहादुर रायमाझीलाई पार्टीले पदबाट निलम्बन गरेको छ । बुधबार पार्टी महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै सचिव रायमाझीलाई निलम्बन गरिएको जानकारी दिएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई प्रहरीले पक्राउ गर्न खोजेको छ । तर, उनी हाल फरार रहेका छन् ।

पुरा पढ्नुहॊस »