आरजुलाई तोसिमाको प्रश्न- भ्रष्टाचारमा लिङ्ग जोडिन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ भन्दै प्रश्न गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डा. कार्कीले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवातर्फ इंगित गर्दै भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ? भन्दै प्रश्न गरेकी हुन् ।

केही दिन अघि देउवाले संसद बैठकमा भुटानी शरणार्थी प्रकरणको टेप काण्डको अनुसन्धान माग गर्दा महिला हिंसा भन्दै गुनासो गरेकी थिइन् । ‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिला विद्रोही भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनुपर्‍यो । भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ ? भ्रष्टाचारीमात्र होइन यहाँ चिनारी फेरेर राष्ट्रघात भएको छ । अपराध भएको छ कारबाही हुनुपर्छ,’ उनले भनिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप