काठमाडौँ । दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेका मुकेश कायस्थको निधन भएको छ । ‘जिउँदो शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालकाअनुसार ०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कन्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।
कायस्थको आज अन्तिम संस्कार गरिने अध्यक्ष शर्मा नेपालले जानकारी दिए । मुकेश २०४८ साल भदौ ९ गते बनेपा नगरपालिका वडा नम्बर ८ मा जन्मिएका थिए ।
तपाईंको प्रतिकृया




