काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।
बुधबारको बैठकमा खाँणकाबारेमा प्रारम्भिक छलफल भएपनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने अनुमान गरिएको छ ।
तपाईंको प्रतिकृया




