आइएमईमार्फत आएको रेमिटेन्स आइएमई पेमा लिँदा १०० रुपैयाँ बोनस

काठमाडाैं । ‘आइएमई पे’ मा आइएमईको केही अन्तर्राष्ट्रिय साझेदारहरूमार्फत रेमिटेन्स प्राप्त गर्दा अब ग्राहकले १०० रुपैयाँ बोनस पाउने भएका छन्।

आइएमई पेले आइएमई रेमिटसँगको सम्झौता अन्तर्गत ग्राहकलाई सजिलै आफ्नो वालेटमा रेमिटेन्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आइरहेको छ।

साथै, पछिल्लो समयदेखि आइएमई पेले वालेटमा रेमिटेन्स दाबी गर्ने ग्राहकलाई ५० रुपैयाँ बोनस दिँदै आइरहेको छ।

यसैक्रममा अब ग्राहक वर्गले अमेरिका, युरोप, क्यानडा, मलेशिया, कतार, युएई, कुवेत र बहराइनलगायत विश्वको जुन सुकै स्थानबाट मनी ग्राम, इन्स्ट्यान्ट क्यास, अल अन्सारी एक्सचेन्ज, वर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाइएको रेमिटेन्सको रकम आइएमई पेबाट प्राप्त गर्दा ग्राहकले १०० रुपैयाँ बोनस पाउँनेछन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री