ताजिकिस्तानमा हिम पहिरोमा परी १० जनाको मृत्यु

एजेन्सी । ताजिकिस्तानमा बुधबार आएको हिमपहिरोमा परी १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको अर्ध स्वायत्त पूर्वी क्षेत्र गोर्नो–बदख्शानमा हिमपहिरोमा परी नौ जनाको मृत्यु भएको उक्त देशको विपत् व्यवस्थापन सेवाले जनाएको हो ।

विशाल पामिर पर्वतले घेरिएका कम जनसङ्ख्या भएको राजधानी दुशान्बे नजिकैको राजमार्गमा हिमपहिरोमा परी अन्य एक जनाको मृत्यु भएको छ ।

यसैबीच, ताजिकिस्तानका राष्ट्रपति एमोमाली रहमोनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । पूर्व सोभियत संघको सबैभन्दा गरिब राष्ट्रमध्येको एक ताजिकिस्तानले नियमित रूपमा पहिरो र भूकम्प जस्ता प्राकृतिक प्रकोपको सामना गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री