टेलिकमको १७ वर्ष : राज्यलाई वार्षिक ३५ अर्ब याेगदान, २ करोडभन्दा बढी ग्राहक

काठमाडौं । स्थापनाको १७ वर्षमा नेपाल टेलिकमको ग्राहक २ करोड ९ लाख पुगेको छ । पिएसटीएन (ल्यान्डलाइन फोन), सिडिएमए र जिएसएम मोबाइल फोन सेवा लिएका ग्राहकको संख्या निरन्तर वृद्धि भइरहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

‘विगतमा २ करोड २७ लाख ग्राहक संख्या पुगे पनि २० लाख निष्क्रिय ग्राहकलाई सिष्टमबाट हटाउने क्रममा २०७७ मंसिरसम्ममा २ करोड ९ लाख टेलिकमका सक्रिय ग्राहक संख्या पुगेको छ,’ उनले भने । कुल जनसंख्याको झण्डै ७० प्रतिशतमा टेलिकमको कुनै न कुनै सेवा पुगेको पनि उनले बताए ।

टेलिकमको १७ औं वार्षिकोत्सवको अवसरमा बिहीबार केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित कार्यक्रममा उनले कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब ७४ करोड खुद मुनाफा कमाउन सफल भएको जानकारी दिए ।

‘कोभिड–१९ महामारीका बीच पनि कम्पनीले गत आर्थिक वर्षमा ४२ अर्ब ९८ करोड आम्दानी गरेको छ,’ उनले भने, ‘मुलुकको अर्थतन्त्रमा पुर्याएकाे योगदान हेर्ने हो भने गत आर्थिक वर्षमा कर तथा गैरकर रकम गरी सरकारलाई ३५ अर्ब ५ करोड अर्थात् कुल आम्दानीको ८१ प्रतिशत योगदान गरेको छ ।’ यसमा आयकर, मूल्य अभिवृद्धि कर, टीएससी, ओनरसीप कर, भन्सार कर, रोयल्टी, आरटीडीएफ, लाभांश, सम्पत्ति तथा सवारी कर समावेश रहेको उनले बताएका छन् ।

कम्पनीले हाल आधारभूत टेलिफोन (पिएसटिएन), ताररहित जिएसएम मोबाइल, स्याटेलइट प्रविधिमा आधारित भीएसएटी, इन्टरनेट तथा डाटा सेवा अन्तर्गत फोरजी, थ्रिजी, इभिडिओ, वाइम्याक्स, वाइफाइ हटस्पट, वायरलेश अन्तर्गत एफटीटीएच, एडीएसएल, फाइबर लिज र भ्यालु एडेड सेवाहरु उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।

कम्पनीले हाल ७७ वटै जिल्लामा वायरलेश फोरजी मोबाइल फोन र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित फोन र इन्टरनेट सेवा विस्तार गरिसकेको छ । र, सेवा विस्तारको क्रम जारी रहेको कम्पनीले जनाएको छ ।

१९ वर्षअघि २२ माघ २०६० मा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) कम्पनी ऐनअन्तर्गत रुपमान्तरण भइ सञ्चालनमा आएको थियो । कम्पनी स्थापना हुँदा यसका ग्राहक संख्या कुल ४ लाख २२ हजार मात्र थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्री बुकिङ्ग गरिएका एक्स्पेङ जी ६ एसयुभी दसैँ अगावै आइपुग्ने

काठमाडौँ । आधिकारिक वितरक सिजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारी साधनहरूको आगमनको घोषणा …

प्रतिकृया दिनुहॊस

This will auto close after