निर्वाचन आयुक्तहरूले ७ दिनको तलव बाढी पीडितलाई सहयोग गर्ने

काठमाडौँ । निर्वाचन आयोगले बाढी पीडितलाई सहयोग गर्ने भएको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरूले ७ दिनको पारिश्रमिक बाढी पीडितलाई सहयोग गर्ने जानकारी दिएको छ ।

आयोगका आयुक्तहरूले ७ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोमा परी दिवगत भएका सम्पूर्ण व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आयोगले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

साथै आयोगका सचिव, सहसचिव लगायत सम्पूर्ण कर्मचारीहरूलाई स्वैच्छिक रुपमा सहयोग तथा सहायता प्रदान गर्न आव्हान गर्ने निर्णय समेत गरेको जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after