प्री बुकिङ्ग गरिएका एक्स्पेङ जी ६ एसयुभी दसैँ अगावै आइपुग्ने

काठमाडौँ । आधिकारिक वितरक सिजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारी साधनहरूको आगमनको घोषणा गरेको छ । धेरै प्रतीक्षित एक्स्पेङ जी ६ आगामी दसैँ भन्दा अघि नै वितरण गर्ने कम्पनीले जनाएको छ ।

एक्स्पेङ जी ६ बुक गरेका ग्राहकहरूले दसैँ भन्दा अगाडी नै गाडी प्राप्त गर्न सक्ने लक्ष्य राखेर यी सवारी साधनहरू चीनबाट प्रस्थान गरिसकेका र छिट्टै नेपालमा आउने अपेक्षा गरिएको एक्स्पेङ ले जानकारी दिएको छ ।

कम्पनीका अनुसार सिजी मोटर्सले प्रारम्भिक पूर्वानुमानभन्दा धेरै बुकिङ गर्न सफल भएको छ जसले एक्स्पेङको स्मार्ट ड्राइभिङ प्रविधि, जस्तै स्वचालित ड्राइभिङ, अल्ट्रा–फास्ट चार्जिङ्ग्, ५०:५० लोड रेसियो र , SEPA 2.0, प्रति बढ्दो विश्वासलाई झल्काउँछ ।

सिजी मोटर्सले ग्राहक सेवा प्रदान गर्ने र वितरण समयमा नै सुचारु गराउने प्रतिबद्धता जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल टेलिकमको कम्पनी सचिवमा पौडेल, सञ्चालकमा पहाडी

काठमाडाैं । नेपाल टेलिकमको कम्पनी सचिवमा नायब प्रबन्ध निर्देशक द्वारिका प्रसाद पौडेल नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस

This will auto close after