नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन

काठमाडौँ । मर्चेन्ट बैंकर्सको छाता संस्था नेपाल मर्चेन्ट बैंकर्स (एनएमबीए)को नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार संघको साधारण सभासँगै भएको महाधिवेशनले एनआईसी एसिया क्यापिटलका सीईओ समेत रहेका रामेन्द्र रायामाझीको नेतृत्वमा सात सदस्यीय कार्यसमिति गठन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङका मनिष नारायण जोशी, महासचिवमा गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई, कोषाध्यक्षमा एनआईएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिभान्त राज पाण्डे छन् ।

त्यस्तै, निर्वाचित कार्यसमिति सदस्यमा सिद्दार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्की, कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र नेपाल एसबिआई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत लेख नाथ पोखरेल निर्वाचित भएका छन् । योसँगै विजय लाल श्रेष्ठ नेतृत्वको कार्यसमिति निवर्तमान भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाखको चेक हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाखको …

प्रतिकृया दिनुहॊस

This will auto close after