नेपाल टेलिकमको कम्पनी सचिवमा पौडेल, सञ्चालकमा पहाडी

काठमाडाैं । नेपाल टेलिकमको कम्पनी सचिवमा नायब प्रबन्ध निर्देशक द्वारिका प्रसाद पौडेल नियुक्त भएका छन् ।

केन्द्रीय कार्यालय, प्रमुख मानव संशाधन अधिकृतको कार्यालय (कर्मचारी प्रशासन शाखा) को गत असोज २ गतेको पत्रानुसार कम्पनी सचिव परिवर्तन गरिएको हो ।

साथै, कम्पनीको प्रबन्ध निर्देशक संगीता पहाडी अर्याललाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको छ । उनले सञ्चालक पद तथा गोपनीयताको शपथसमेत लिइसकेकी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मिसिका फाउन्डेसनले गर्‍यो विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सामग्री वितरण

काठामाडौं । मिसिका फाउन्डेसनले चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलास्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो …

प्रतिकृया दिनुहॊस