काठमाडौ । नेपालमा ईन्नोसिएसआर (InnoCSR) ले औपचारिक रुपबाटै असल ईटा पद्धतिको व्यवसाय शुरुवात गरेको छ । साथै यसै प्रविधिसंग समवन्धित व्यवसायीहरुको संघ पनि गठन गरिएको छ । आगोले नपोली उत्पादन गरिने ईटा लाई असल ईट्टा पद्धति भनिन्छ । जुन ईट्टा उत्पादनको क्षेत्रमा नविनतम वैकल्पिक प्रविधि हो । जसलाई माटो, सिमेन्ट, क्यष् िक्तबदष्ष्शिभच पानीको मिश्रणबाट मजबुतपारी तयार गरिन्छ ।
आगोले ईटालाई पोल्नु पर्ने परम्परागत विधिको ईटा भट्टाले धेरै वातावरणीय तथा स्वास्थय समस्याहरु निम्त्याएको सर्वविदितै छ । ईन्नोसिएसआर (InnoCSR) ले यस्तो समस्याको वैकल्पिक रुपमा अगोले पोल्नु नपर्ने ईटा उत्पादन प्रविधि बजारमा ल्याएको छ ।
यस्तो प्रविधिबाट ईटा उत्पादन गर्दा १० गुणा उत्पादकत्व वृद्धि हुने, धेरै अदक्ष कामदारहरुको प्रयोग नहुने साथै कामदारहरुको प्रयोग भन्दा उच्च गुणस्तरको हुने, समान मूल्यमा उपभोक्त सम्म पुग्ने र उत्पादकहरुलाई अधिकतम आम्दानी गराउँदछ ।
यस प्रविधिले अधिकतम ईटा उत्पादनको लागतमा कमी मात्रै गर्दैन, यसले उत्पादकलाई बर्षै भरी ईटा उत्पादन गर्न मद्दत मिल्दछ सार्थै वातावरणीय तथा सामाजिक समस्याहरुको समाधान गरी जनता र देशलाई योगदान पुर्याउँदछ ।
ईन्नोसिएसआर ९क्ष्ललयऋक्च्० सन २००८ मा स्थापना भएको कोरियन कम्पनी हो । यसले कोरिया लगायत विश्वका विकासोन्मुख देशहरु ः मलेसिया, फिलिपिन्स, चीन र नेपाल मा ईटा उत्पादनको क्षेत्रमा नविनतम प्रविधि दिएको छ ।
ईन्नोसिएसआर (InnoCSR) ले शुरुवाती समयमा नेपालको विभिन्न क्षेत्रहरुमा करिब १८ महिना माटोको परीक्षण सम्पन्न गरिसकेको छ । यसको आफनै माटो परीक्षण गर्ने प्रयोगशाला भक्तपुरमा रहेको छ । कम्पनीको मुख्य उद्देश्य ईटा उत्पादनको क्षेत्रमा रहेको उद्यमीहरुलाई ईटा उत्पादनको एउटा नयाँ बैकल्पिक प्रविधिको परिचय गराउने रहेको छ ।
गोरखा ईन्नोटेक प्रा.लि.ले सन् २०२० को फेब्रुवरी मा ईन्नोसिएसआर(InnoCSR) को असल ईटा पद्धति अवलम्वन गरी गोरखाका उपभोक्तहरुलाई बिक्री वितरण गरी शुरुवाती कदम चालेको छ ।
यस उद्योगले करिब २ करोड (२० मिलियन) ईटा बार्षिक रुपमा उत्पादन गर्दछ । साथै स्थानीयहरुले घर निर्माण गर्न असल ईटाको प्रयोग गर्न थालि सकेको छ । पुल्चोक, ललितपुरको ईन्जिनियरिङ्ग क्याम्पसको निर्माण समाग्री परीक्षण प्रयोगशाला ( सेन्ट्रल मेटेरियल टेष्ट ल्याव) मा असल ईटाको धेर्रै पक्षहरुको प्राविधिक जाँच गरी यसको कडापन १०+ एमपिए रहेको प्रमाणित गरेको छ, जुन निर्माणको गुणस्तरमा उच्च रहेको मानिन्छ ।
यसको अतिरिक्त, यस कम्पनीले असल ईटा उत्पादकहरुको एउटा संघ संगठन गठन गरेको छ । जसलाई असल ईटा उत्पादक संघ भनिएको छ । यसका सदस्यता असल ईटा पद्धती प्रयोग गरी उत्पादन गर्ने उद्योगलाई प्रदान गरिन्छ । “इन्नोसिएसआरको मान्यता यो छ की दिगो मानसिकता भएका उद्यमीहरुले मात्र अहिलेको बजारमा प्रत्यक्ष प्रभाव पार्न सक्दछ । एशियन विकास बैंकको एशियन ल्किन इनर्जी फोरममा असल ईटा पद्धति तथा यसका सञ्जालकोबारेमा जानकारी गारउन पाउँदा हामी हर्षित भएका छौ ।
साथै यस कार्यक्रमले यस्ता नविनतम बैकल्पिक उपायहरुलाई एशियका देशहरुमा अगाडी बढाउन मद्दत मिल्नेछ” भनि डोमिनीक मेलर, एशियन विकास बैंक भेन्चरका प्रमुखले आफनो मन्तव्यमा प्रकास पार्नु भएको थियो । गोरखा ईन्नोटेक प्रा.लि. गोरखा यस संघको पहिलो सदस्य रहेको छ । यस संघको घोषणा पत्रमा निम्न कुराहरुलाई समावेश गरिएको छ ः —
१. नेपालको कानून तया नियमहरुको सम्मानपूर्वक पालना गर्ने ।
२. वातावरण प्रकृतिको उपहारस्वरुप प्राप्त माटोलाई आदर गर्दे यस्ता प्राकृतिक श्रोतहरुलाई समुचित प्रयोग गर्ने ।
३. वातावरण प्रकृतिको उपहारस्वरुप प्राप्त हावा तथा वातावरणलाई आदर गर्दै यस्ता प्राकृतिक श्रोतलाई मानव प्रतिकुल हुने वातावरण सिर्जना नगर्ने ।
४. श्रम नेपालका श्रम ऐन, कानून लाई सम्मान पूर्वक पालना गर्दै विशेष गरी बालबालिका, महिला साथै जनावरहरुको श्रम दुरुपयोग नगर्ने । (काममा लगाउनु पर्ने अवस्था भए ऐन कानूनको दायरामा रहेर) ।
५. हामी हाम्रा संस्थासंग आवद्ध उद्योगीहरुसंग काम गर्दै समाजमा सामाजिक, वातारणमा सकारात्मक प्रभाव पार्दै उद्योगीहरुलाई आर्थिक रुपमा सशक्त पार्ने ।
प्रतिकृया दिनुहॊस