हङकङमा मालिकबाटै सर्‍यो कुकुरमा कोरोना भाइरस

एजेन्सी ।  हङकङमा कोरोना भाइरस संक्रमित मालिकबाट आफूले पालेको कुकुरमा संक्रमण सरेको पुष्टि भएको छ ।विशेषज्ञहरूले यसलाई ‘न्यूनस्तरको संक्रमण’ बताएका छन् । उनीहरूले यो मानिसबाट जनावरमा सरेको संक्रमणको पहिलो मामिला हुनसक्ने बताएका छन् ।

गत शुक्रबार गरिएको परीक्षणमा सो कुकुरमा कमजोर स्तरको कोभिड-१९ को लक्षण ‘पोजेटिभ’ पाइएको थियो। कुकुरलाई ठ्याक्कै संक्रमण भएको नभइ सोको लक्षणहरू उसका नाक र मुखमा देखिएको उनीहरूले बताएका छन्।

कुकरलाई त्यहाँको कृषि, मत्स्य पालन र संरक्षण विभागमा थप परीक्षणका लागि क्वारेन्टाइनमा राखिनेछ। हङकङका स्वास्थ्य विभागहरूले कोरोना भाइरस भएको पुष्टि गरे पनि एक स्वासप्रस्वास विशेषज्ञले भने त्यसमाथि प्रश्न उठाएका छन् । उनले रगत परीक्षण नगरिकन कुकुर संक्रमित भएको भनेर पुष्टि गर्न मिल्छ र ? भनेर प्रश्न गरेका छन् । हालसम्म हङकङमा १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचारको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचार गर्नेे व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एकद्धार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले, पापी भएको कारण फिस्टुला रोग लाग्छ भन्ने अमानविय परम्परागत मान्यता रहेको गुनासो गरे ।

प्रतिकृया दिनुहॊस