आर्थिक

कीर्तिमान बनाएको सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २२ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुन पनि तोलामा २२ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको ५० रुपैयाँले घटेको …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा पुगेको छ ।

पुरा पढ्नुहॊस »

डिशहोमको मिसन ८१, तीन हजारमै वार्षिक रिचार्ज

काठमाडौं । नयाँ वर्षको अवसरमा डिशहोमले ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ। योजनामा ग्राहकहरुले ३ हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन्। कम्पनीका अनुसार ग्राहकहरुले नजिकैको डिलरदाइकहाँ गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत रिचार्ज गर्न सक्नेछन्। नेपालभरका डिशहोमका डिलर तथा सबडिलरहरुमार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन्।

पुरा पढ्नुहॊस »

‘मनकामना प्रा.ली’ पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित

काठमाडौँ । नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.ली आर्थिक वर्ष २०७८।२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । नेपाल उघोग वाणिज्य महासंघको ५८ औ वार्षिक साधारण सभा तथा उघोग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन प्रा।ली सम्मानित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शन प्रा।ली की सेल्स तथा मार्केटिङ डाइरेक्टर यशु श्रेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् । गत …

पुरा पढ्नुहॊस »

कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको हो । आज तेजाबी सुन पनि तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको …

पुरा पढ्नुहॊस »

बिहीबार सेयर कारोबार नहुने, बैंक/वित्तीय संस्था पनि बन्द

काठमाडौं ।  नेपाल सरकारले स्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा सार्वजनिक विदा दिएकाले सेयर बजार आज बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अब बजार २०८१ वैशाख २ गते बिहान ११ बजे मात्रै खुल्नेछ । यसअघि २०८० को अन्तिम कारोबारको दिन बुधबार बजार १०.७१ अंकले घटेर २०२५.३० अंकमा बन्द भएको थियो । उक्त दिन ३ अर्ब ४८ करोड …

पुरा पढ्नुहॊस »

१०.७१ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको ८६ लाख ९६ हजार नौ सय १८ कित्ता शेयर ६१ हजार चार सय २० पटक खरिदबिक्री हुँदा तीन अर्ब ४८ करोड ५६ लाख ६० हजार छ सय ४० बराबरको कारोबार भएको छ । …

पुरा पढ्नुहॊस »

नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने

काठमाडौँ । नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक महोत्सव हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले पत्रकार सम्मेलन गरी नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा चैत ३० गते शुक्रबार साँझ ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिषद्का उपाध्यक्ष एवम् महोत्सवका संयोजक प्रश्रय राजभण्डारीले विगत वर्षझैँ यस वर्ष पनि ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ आयोजना गर्न लागेको जानकारी …

पुरा पढ्नुहॊस »

नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ गते युवा नव प्रवर्द्धकहरूको भेला गर्ने

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ गते युवा नवप्रवर्द्धकहरूको भेला गर्ने भएको छ । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा काठमाडौँको बानेश्वरस्थित आनन्द भूमि बिजनेस सेन्टरमा कार्यक्रम आयोजना गर्न लागिए‌को हो । बर्सेनि दसौँ लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । देशमै सानो पुँजीमा गर्न सकिने थुप्रै कामहरू छन् । तर सरकारी निकायको झैँ झमेला तथा बैंक वित्तीय संस्थाबाट सही सल्लाह र सजिलै कर्जा नपाउँदा देशमा काम गर्ने वातावरण …

पुरा पढ्नुहॊस »

सुन हालसम्मकै महँगो मूल्यमा किनबेच हुँदै, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले नयाँ इतिहास रचेको छ । मंगलबार प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ८ सय पुगेको छ । यो हालसम्मकै उच्च हो । आज तेजाबी सुन पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले …

पुरा पढ्नुहॊस »