नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ गते युवा नव प्रवर्द्धकहरूको भेला गर्ने

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ गते युवा नवप्रवर्द्धकहरूको भेला गर्ने भएको छ । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा काठमाडौँको बानेश्वरस्थित आनन्द भूमि बिजनेस सेन्टरमा कार्यक्रम आयोजना गर्न लागिए‌को हो ।

बर्सेनि दसौँ लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । देशमै सानो पुँजीमा गर्न सकिने थुप्रै कामहरू छन् । तर सरकारी निकायको झैँ झमेला तथा बैंक वित्तीय संस्थाबाट सही सल्लाह र सजिलै कर्जा नपाउँदा देशमा काम गर्ने वातावरण बन्न सकिरहेको छैन।

सिप, जाँगर र चाहना हुँदा हुँदै पनि बाध्य भए युवकहरूको रोजाई विदेश हुन गइरहेको छ । यस्तो प्रतिकुल अवस्थामा युवाहरूलाई प्रेरित गर्न र उद्योग व्यवसाय गर्ने वातावरण बनाउने गरी नेक्सजेन म्यानेजमेन्टले युवा नवप्रवर्द्धकहरूको भेला गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ।

भेलामा युवाहरूको व्यवसायिक योजनाहरू प्रस्तुत हुने, छलफल गर्ने तथा सम्भाव्य देखिए‌का परियोजनाहरू स्थापना र सञ्चालनको लागि बैंक वित्तीय संस्थासँग समन्वय गर्ने काम गरिने जनाइएको छ ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स सम्पत्ति व्यवस्थापन र व्यावसायिक परामर्श दिने गरी खोलिएको कम्पनी हो ।वैशाख ८ गतेको भेला पछि नेक्सजेनले नियमित रूपमा नव प्रवर्द्धक उद्यमीहरूसँग छलफल गरी उनीहरूलाई देशमै बसेर काम गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । …

प्रतिकृया दिनुहॊस