आर्थिक

बिहीबार सेयर कारोबार नहुने, बैंक/वित्तीय संस्था पनि बन्द

काठमाडौं ।  नेपाल सरकारले स्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा सार्वजनिक विदा दिएकाले सेयर बजार आज बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अब बजार २०८१ वैशाख २ गते बिहान ११ बजे मात्रै खुल्नेछ । यसअघि २०८० को अन्तिम कारोबारको दिन बुधबार बजार १०.७१ अंकले घटेर २०२५.३० अंकमा बन्द भएको थियो । उक्त दिन ३ अर्ब ४८ करोड …

पुरा पढ्नुहॊस »

१०.७१ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको ८६ लाख ९६ हजार नौ सय १८ कित्ता शेयर ६१ हजार चार सय २० पटक खरिदबिक्री हुँदा तीन अर्ब ४८ करोड ५६ लाख ६० हजार छ सय ४० बराबरको कारोबार भएको छ । …

पुरा पढ्नुहॊस »

नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने

काठमाडौँ । नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक महोत्सव हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले पत्रकार सम्मेलन गरी नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा चैत ३० गते शुक्रबार साँझ ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिषद्का उपाध्यक्ष एवम् महोत्सवका संयोजक प्रश्रय राजभण्डारीले विगत वर्षझैँ यस वर्ष पनि ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ आयोजना गर्न लागेको जानकारी …

पुरा पढ्नुहॊस »

नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ गते युवा नव प्रवर्द्धकहरूको भेला गर्ने

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ गते युवा नवप्रवर्द्धकहरूको भेला गर्ने भएको छ । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा काठमाडौँको बानेश्वरस्थित आनन्द भूमि बिजनेस सेन्टरमा कार्यक्रम आयोजना गर्न लागिए‌को हो । बर्सेनि दसौँ लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । देशमै सानो पुँजीमा गर्न सकिने थुप्रै कामहरू छन् । तर सरकारी निकायको झैँ झमेला तथा बैंक वित्तीय संस्थाबाट सही सल्लाह र सजिलै कर्जा नपाउँदा देशमा काम गर्ने वातावरण …

पुरा पढ्नुहॊस »

सुन हालसम्मकै महँगो मूल्यमा किनबेच हुँदै, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले नयाँ इतिहास रचेको छ । मंगलबार प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ८ सय पुगेको छ । यो हालसम्मकै उच्च हो । आज तेजाबी सुन पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले …

पुरा पढ्नुहॊस »

चेम्बर अफ कमर्सको अध्यक्षमा अग्रवाल निर्वाचित, मल्होत्रा बने वरिष्ठ उपाध्यक्ष

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । काठमाडौँको जमलस्थित चेम्बर भवनमा भएको ७३ औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए । दुई दशकदेखि चेम्बरमा आबद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यावसायिक अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई कार्यभार …

पुरा पढ्नुहॊस »

सुनको भाउले आज पनि रच्यो इतिहास, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले नयाँ इतिहास रचेको छ । सोमबार प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३६ हजार ३ सय पुगेको हो । यो हालसम्मकै उच्च हो । तेजाबी सुन पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया लघुवित्तले ल्यायो ब्याज छुट योजना

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ऋणी सदस्यहरूका लागि ब्याज तथा अन्य छुट दिने योजना सार्वजनिक गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण लघुवित्तको ऋणी सदस्यहरू र कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउन छुट योजना ल्याइएको कम्पनीले जानकारी दिएको हो । प्रचलित नियमनकारी व्यवस्था अनुसार २०८० फाल्गुन मसान्तमा निष्क्रिय कर्जाको रूपमा वर्गीकरण भएका कर्जाहरूको हकमा यो लागू हुनेछ । सम्बन्धित ऋणीले भुक्तान गर्ने मितिसम्मको …

पुरा पढ्नुहॊस »

सुनको भाउ हालसम्मकै महँगो, तोलाको १ लाख ३६ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले नयाँ इतिहास रचेको छ । आइतबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन तोलामा ६ सयले बढेर प्रतितोला १ लाख ३६ हजार २ सय पुगेको छ । यो हालसम्मकै उच्च हो । आज तेजाबी सुन पनि तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ …

पुरा पढ्नुहॊस »