आर्थिक

विश्व स्तरीय कार्यक्रम TEDx गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीहरु

काठमाडौँ । पुल्चोक क्याम्पसका विद्यार्थीहरूले TEDxIOE विश्व स्तरीय कार्यक्रमको आयोजना गर्दैछन् । आज ललितपुरको च्यासलमा अवस्थित ज्यापु प्रज्ञा भवनमा हुने कार्यक्रममा विभिन्न क्षेत्रहरुका व्यक्तित्वले आफ्नो भनाइ प्रस्तुत गर्ने भएका छन् । पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको साथमा गोल्ड पाटनर्को रुपमा Hyperce, मार्केटीङ पाटनरको रुपमा At Groups र टिकटिङ पार्टनरको रुपमा खल्ती रहेका छन् । TEDxIOE पुल्चोकले नयाँ विचारधारा बोकेका नेत्रित्वहरू, नवीन प्रयोग गर्ने आविष्कारकहरू र नवप्रवर्तनका सर्जकहरुलाई आफ्ना विचारहरू र अन्तर्दृष्टिहरू …

पुरा पढ्नुहॊस »

सुन आयातमा ठूलो गिरावट, ५९ प्रतिशतले घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ । सुनको मूल्य बढेसँगै आन्तरिक बजारमा खपत न्यून हुँदा आयातमा कमी आएको हो । उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग पनि कम भएपछि त्यसको असर आयातमा पर्न गएको हो । विभागका अनुसार आव २०७९/८० मा ४३ अर्ब ८९ करोड …

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ९८ पैसा र बिक्री दर १४३ रुपैयाँ ६३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७७ पैसा र बिक्री दर १६७ रुपैयाँ ५२ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

अर्थमन्त्रीको प्रतिवेदन- मन्दीतर्फ उन्मुख अर्थतन्त्र सुधारेको बाटोमा (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सहकारी क्षेत्रमा नियामक निकाय बन्न सकेमात्र यस क्षेत्रको समस्या समाधान हुने दाबी गरेका छन् । ललितपुरको गोदावरीमा पार्टीको जारी महासमिति बैठकमा ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो दाबी गरेका हुन् । अर्थमन्त्री महतले नकारात्मक दिशातर्फ अग्रसर देशको अर्थतन्त्र लयमा फर्काएको दाबी गरे । उनले अर्थमन्त्रीको रूपमा कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक नकारात्मक अवस्थामा रहेको …

पुरा पढ्नुहॊस »

रोयल इन्फिल्ड ‘हन्टर कार्निभल’ हुने

काठमाडौँ । रोयल इन्फिल्डले ‘हन्टर कार्निभल’ आयोजना गर्ने भएको छ । रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले बजारमा ल्याएको हन्टर ३५० मोटरसाइकलको कार्निभल यही फागुन १२ गते इजी वे ट्रायल सेन्टर, संखमुलमा हुन लागेको हो । यस कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटर साइकल परेड, फुड स्टलहरु र …

पुरा पढ्नुहॊस »

मंगलबार कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ स्थिर छ । सोमबार प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि आज स्थिर छ । यस दिन चाँदि प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

मनास्लु वर्ल्ड कलेजले ५ विशिष्ट व्यक्तित्वहरूलाई गर्‍यो सम्मान

काठमाडौं । मनास्लु वर्ल्ड कलेजले विभिन्न विधामा काम गर्ने उत्कृष्ट ५ जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ। कलेजले स्वागत तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८० मा कक्षा ११ र १२ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा सम्मान गरेको हो। विगतका वर्षहरूमा जस्तै कलेजले आफ्नो उत्कृष्ट १० विद्यार्थीहरूलाई मनास्लु एक्सिलेन्स अवार्डले सम्मान गरेको र आफ्ना उत्कृष्ट शिक्षक तथा कर्मचारीहरूलाई समेत सम्मान गरेको बताएको …

पुरा पढ्नुहॊस »

नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको तीन वर्षको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक चयन

नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको तीन आर्थिक वर्षको साधारणसभा एक साथ सम्पन्न भएको छ । फागुन ६ गते उद्योगको आ.व. २०७७/०७८, २०७८/०७९ र २०७९/०८० को साधरण सभा सम्पन्न भएको हो । उद्योगका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अस्वस्थताका कारण उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा कम्पनीको मुख्य कार्यालय, कृष्णगल्ली, पुल्चोक, ललितपुरमा भर्चुअल माध्यम भिडियो कन्फरेन्स जुम मार्फत साधरण सभा सम्पन्न गरिएको हो। सभामा सयरधनीहरूको प्रश्नको जवाफ दिंदै प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले विगतमा …

पुरा पढ्नुहॊस »

आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त

काठमाडाैं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । डा. भट्ट यसअघि पनि नेपाल आयल निगमको कार्यकारी निर्देशकका रुपमा काम गरिसकेका छन् । उनी दुईपटक विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा समेत काम गरेका छन् । अहिले पनि उनी सेज प्राधिकरणको कार्यकारी निर्देशककै रुपमा कार्यरत छन् । …

पुरा पढ्नुहॊस »

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो अफर

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ। सो अफर फागुन ६ गतेदेखि फागुन १२ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ। सो अफर अनुसार टेलिकमले देशमा लोकतन्त्र प्राप्तिको लागि आहुति दिने शहीदहरूको सम्मानार्थ शहीद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउने भएको छ। जस अनुसार साविक बमोजमको फ्री रिसोर्स १ जिबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र …

पुरा पढ्नुहॊस »