सुन हालसम्मकै महँगो मूल्यमा किनबेच हुँदै, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले नयाँ इतिहास रचेको छ । मंगलबार प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ८ सय पुगेको छ । यो हालसम्मकै उच्च हो ।

आज तेजाबी सुन पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री