Tag Archives: sliider

प्याब्सन र एनप्याब्सनमा संग्लन विद्यालयहरुलाई मेगा बैंकले आकर्षक कर्जा सुविधा प्रदान

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ । प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रुपैंयासम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकसंग भएको छ । सम्झौता अनुसार, प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरुले समेत मेगा बैंकबाट विभिन्न  सुविधा पाउन सक्नेछन् । निजी विद्यालयलाई कोरोना भाइरसका कारण सिर्जित परेको समस्यामा मेगा बैंकको  कर्जा सुविधले …

पुरा पढ्नुहॊस »

होटल सञ्चालकको कुटाइबाट ग्राहकको मृत्यु

मोरङ।मोरङको उर्लाबारी नगरपालिका-७ मा रहेको युनिक होटलका सञ्चालक गोपाल तामाङको कुटाइबाट दार्जेलिङ घर भइ उर्लाबारी बसोबास गर्दै अाएका सुशील मल्लिकको मृत्यु भएको छ। सुनका गहना बनाउने पेसा गर्दै आएका मल्लिक ११ गते राति श्रीमतीसहित होटलमा पुगेका थिए । मादक पदार्थ सेवन गरेका दुईजनाबीच विवाद भएको थियो । श्रीमान श्रीमतीको विवाद गर्दा होटल सञ्चालक तामाङले मल्लिकलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट बेहोस भएका मल्लिकको उपचारको क्रममा भारतको सिलिगुडी मृत्यु …

पुरा पढ्नुहॊस »

झापामा कोरोना कारण एकको मृत्यु

झाप।झापामा कोरोनाका कारण थप एक वृद्धको मृत्यु भएको छ।झापाको   झापा गाउँपालिका वडा नं: ६ निवासी वृद्धको  कोरोनाका कारण मृत्यु भएको  हो । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्यामा रहेका वृद्धको बुधवार राति निधन भए पनि रिपोर्ट भने आज बिहान मात्र आएको हो।   उनको  शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

पुरा पढ्नुहॊस »

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ४६ लाख २७ हजार नाघ्यो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ। पछिल्लो २४ घण्टामा ९ सय ६    जनाको मृत्यु भएको छ भने ३२ हजार ४ सय ४५ जना नयाँ संक्रमित भएका छन् । यो सगैं ब्राजिलमा संक्रमितको सख्या ४६ लाख  २७ हजार ७ सय ८० जना जना पुगेको छ भने १ लाख ३९ …

पुरा पढ्नुहॊस »

ऊर्जामन्त्रीको पुनको कोरोना रिपोर्ट नेगेटिभ…

काठमाडौं ।कन्ट्याक्ट ट्रेसिङमा परेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अाफ्नै  सुरक्षामा खटिएका नेपाली सेनाका जमदारलाई कोरोना पोजेटिभ देखिएपछि पुन  होम आइसोलेसनमा रहेका थिए ।

पुरा पढ्नुहॊस »

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा बिहिबार  थप ३ जनामा कोरोना पुष्टि भएको छ ।नयाँ संक्रमितहरुमा कास्की जिल्लाका  ३ जना रहेका छन् ।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या  ३ हजार ५ सय ८२ पुगेको छ।  

पुरा पढ्नुहॊस »

असोज २८ मा नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो विशेष साधारणसभा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी असोज २८ गतेका विशेष साधारणसभा बोलाएको छ । बैंकले सिटी एक्स्प्रेस फाइनान्सलाई प्राप्ति गर्ने प्रयोजनको लागि सो दिन विशेष साधारणसभा बोलाएको  हो । २८ गते विशेष साधारण सभा प्रयोजनको लागि बैंकको असोज १६ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज हुने छ ।  

पुरा पढ्नुहॊस »

करेन्ट लाग्दा कैलालीमा एकको मृत्यु

कैलाली। कैलालीको गौरीगंगा नगरपालिका १० का २९ वर्षीय रघुवीरसिंह धामीको खेतमा छाडिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागेर मृत्यु भएको छ। रातको समयमा सोही ठाउँका नन्दराम ठगुन्नाको खेतमा   खुल्ला छोडिएको विद्युतको तारबाट करेन्ट लागेर गएराती उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पुरा पढ्नुहॊस »

भूमिगत गरिएको तार टोखामा विस्फोट

काठमाडौं।टोखास्थित ग्राण्डी अस्पताल नजिक भूमिगत गरिएको बिजुलीको तार पड्किएको छ । तार पड्किएपछि गएरातिदेखि नै अस्पतालमा  बिजुली आपूर्ति बन्द भएको छ । नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले मर्मत गरिरहेको भए पनि बिजुली अापुर्ति सुचारु हुन सकेको छैन्।

पुरा पढ्नुहॊस »