करेन्ट लाग्दा कैलालीमा एकको मृत्यु

कैलाली। कैलालीको गौरीगंगा नगरपालिका १० का २९ वर्षीय रघुवीरसिंह धामीको खेतमा छाडिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागेर मृत्यु भएको छ।

रातको समयमा सोही ठाउँका नन्दराम ठगुन्नाको खेतमा   खुल्ला छोडिएको विद्युतको तारबाट करेन्ट लागेर गएराती उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप