Tag Archives: sliider

नेपाल बारमा प्रधानन्यायाधीश समर्थक र विरोधी दुई वकिलबीच कुटाकुट

काठमाडाैँ । नेपाल बारमा प्रधानन्यायाधीश समर्थक र विरोधी दुई वकिलबीच कुटाकुट भएको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो । प्रधानन्यायाधीशलाई लिएर दुई जनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता चुँडालमाथि जाइलागेका हुन्।

पुरा पढ्नुहॊस »

स्मार्टडोकोले ल्यायो ‘रक्षाबन्धन अफर’

काठमाडाै ।नेपालको नम्बर वान अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘रक्षाबन्धन अफर’ ल्याएको छ। हालै आइएमएस ग्रुपले प्राप्ति गरेको यस इकमर्स कम्पनी इकमर्स एपमा नम्बर वान बन्नसमेत सफल भइसकेको छ।अफरअन्तर्गत ग्राहकले हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सक्नेछन्। यसका साथै आफ्ना दाजुभाइ तथा दिदीबहिनीको फोटो प्रिन्ट भएको एउटा केक पनि जित्न सक्नेछन्। हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक ९रु ५०० सम्म०, साथैे माछापुच्छ्रे बैंकको डेबिट र …

पुरा पढ्नुहॊस »

उपत्यकामा एक हप्ता निषेधाज्ञा थप

काठमाडाै ।काठमाण्डौ उपत्यकामा निषेधज्ञा फेरि एक हप्ता  थपिएको छ ।सङ्क्रमण बढ्न थालेकाले भोलिदेखि २७ गतेसम्म थपिएको निषेधाज्ञामा प्रत्यक्ष सहभागी भएर गरिने तालिम सेमिनार, बैठक तथा गोष्ठीमा रोक लगाइएको हो । यसअघि यस्ता कार्यक्रम २५ जना भन्दा बढी भेला नगराइ गर्न पाइन्थ्यो । तर, यसको पालना भने हुन सकेको थिएन । स्वास्थ्य मापदण्डको पालना नभएकै कारण संक्रमण फेरि बढेको भन्दै भीडभाडजन्य गतिविधि रोक्न भनिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी …

पुरा पढ्नुहॊस »

ब्राउन सुगर सहित मोरङबाट एक जना पक्राउ

मोरङ । मोरङ बिराटनगर महानगरपालिका २ दुर्गा चौक बाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ  परेका छन्  । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे-६ का २३ बर्षीय निरज गोडी रहेका छन् । आइतबार  बेलुका  लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर ८ ग्राम सहित पक्राउ गरेको हो ।

पुरा पढ्नुहॊस »

टोकियो ओलम्पिकमा गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै

काठमाडाै ।नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा  आज प्रतिस्पर्धा गर्दै छिन् । गौरिकाले महिलाको १ सय मिटर फ्री–स्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् । उनको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ  । गौरिका हिट वानमा रहेकी छन् । यस हिटमा नेपालसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् । सिंह १३औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता  खेलाडी हुन् ।

पुरा पढ्नुहॊस »

सुन तोलाको रु ३०० ले घट्यो

काठमाडौं । नेपाली बजारमा  आज सुनको मूल्य  घटेको  छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  तोला रु ३०० ले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार आठ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार तीन सय रहेको छ ।

पुरा पढ्नुहॊस »

छोराले कुटपिटबाट  घाईते भएका बृद्ध बुबाको मृत्यु

ईलाम।ईलामको  देउमाई नगरपालिका २ पुङफुङ का ८५ बर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाईबाट मृत्यु भएको छ ।  श्रावण ७ गते आफ्नै छोरा ३४ बर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबा टेक बहादुरलाई कुटपिट गरि घाईते बनाएका थिए । घाईते टेक बहादुर मुखियाको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकि  घर  ल्याउने क्रममा आइतबार  राती   मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ

उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ३ त्रियुगा पुल नजिकबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ परेका  छन् । पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय कृष्ण चौधरी र २० बर्षीय धिरज चौधरी रहेका छन् । मंगलबार  जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर ७४० मिलीग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

पुरा पढ्नुहॊस »

पेस्तोल सहित ३ जना पक्राउ

रौतहट।रौतहटको मौलापुर नगरपालिका-५  मौलापुरदेखि कलैया जाने सडकबाट १ थान सिक्सर पेस्तोल सहित भारत मोतिहारीग्राम बिजबनी बिहार घर बताउने २४ वर्षीय देवेन्द्र यादव लगायत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको  प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले बिआर ०५ एपि ४०१६ नम्बर र बिआर ०५ ई ६४३४ नम्बरको भारतीय  मोटसाइकल जाँच गर्दा बिआर ०५ एपि ४०१६ नम्बरको मोटरसाइकल चालक देवेन्द्रलाई उक्त पेस्तोल सहित फेला पारी दुवै मोटरसाइकलमा सवार …

पुरा पढ्नुहॊस »

मोरङंमा हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु

मोरङ। मोरङ सुनवर्षी नगरपालिका ८ कुरेलीका २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । शुक्रबार  बिहान  भारतबाट नेपाल प्रवेश गरेको एउटा वटा जंगली हात्तीले आक्रमण गरेको थियो । मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाईते भएका थिए । घाईते मियाको उपचारको क्रममा बिहान ८ बजे न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको   हो ।

पुरा पढ्नुहॊस »