प्याब्सन र एनप्याब्सनमा संग्लन विद्यालयहरुलाई मेगा बैंकले आकर्षक कर्जा सुविधा प्रदान

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ ।

प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रुपैंयासम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकसंग भएको छ । सम्झौता अनुसार, प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरुले समेत मेगा बैंकबाट विभिन्न  सुविधा पाउन सक्नेछन् ।

निजी विद्यालयलाई कोरोना भाइरसका कारण सिर्जित परेको समस्यामा मेगा बैंकको  कर्जा सुविधले राहत महशुस गराउने बैंकले विश्वास लिएको जनाएको छ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री