Tag Archives: mainnews

पोर्चुगलमा मदिराले मातेका साथीले छुरा हाने, उपचाररत धनबहादुरको मृत्यु

काठमाडाैँ । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका पर्वतकाे कुश्मा नपा-१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए । मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको निधनबारे निजका परिवारलाई …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

सर्वोच्च अदालतले माग्‍यो काठमाडौँमा निषेधित क्षेत्र घोषणा गर्नुको कारण

काठमाडौँ । सर्वोच्च अदालतले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण सोधेको छ । शुक्रवार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले सो आदेश गरेको हो । अधिवक्ता स्वागत नेपालले शुक्रवार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उनले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको हक कुण्ठित हुने गरी माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गर्नु गलत रहेको भन्दै रिट निवेदन दर्ता गराएका हुन् । अधिवक्ता नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह …

पुरा पढ्नुहॊस »

श्री एअरलाइन्सको विमान आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एअरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ । कल साइन २२५ एएनएफको उक्त विमान पौने ४ बजे धनगढीबाट उडेको थियो । ७४ जना यात्रु र चार जना चालक दलका सदस्य बोकेर आएको विमानमा एकाएक प्राविधिक समस्या उत्पन्न भएपछि काठमाडौं विमानस्थल टावरसँग आपतकालीन अवतरणको अनुमति मागेको विमानस्थलका प्रवक्ता सुभाष झाले बताए । उनका अनुसार काठमाडौंबाट ६०/६५ किलोमिटर उडेर गइसकेको अवस्थामा दाहिने इञ्जिनमा आगो देखिएपछि काठमाडौं …

पुरा पढ्नुहॊस »

प्रसाईंलाई घरमै ‘नजरबन्द’ गरिएको भन्दै सर्वोच्चमा रिट निवेदन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् । शुक्रवार प्रसाईंको भक्तपुरस्थित निवासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपछि उनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् । प्रसाईंको पक्षबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । आइतबार उक्त रिटको सुनुवाइ हुने भएको छ । बिहीबार ‘राष्ट्र बचाउ महाअभियान’का अभियन्ता प्रसाईँको नेतृत्वले बल्खुमा विरोध प्रदर्शन गरेको …

पुरा पढ्नुहॊस »

एडीबीसँग १३ अर्ब ३३ करोडको ऋण सम्झौता

काठमाडौं । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । ‘सार्वजनिक वित्त व्यवस्थापन र सुदृढ सेवा प्रवाहको विषय सरकारको मुख्य प्राथमिकतामा छ । सार्वजनिक …

पुरा पढ्नुहॊस »

तीनकुनेबाट पक्राउ पर्नेको संख्या २६ पुग्यो (नामसहित)

काठमाडौं । दुर्गा प्रसाईंको आन्दोलनमा सहभागी हुन आएकाहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ । प्रशासनको अनुमति विनै तीनकुनेमा आन्दोलन गर्न थालेपछि उनीहरू पक्राउ पर्न थालेका हुन् । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा गएका २६ जना पक्राउ परिसकेका छन् । तीनकुनेबाट पक्राउ पर्नेमा राप्रपामा आबद्ध पशुपति कठायत, श्याम तिमल्सिना र आङनिमा शेर्पासहित २६ जना छन् । विनीता थापा, देवेन्द्र थापा, मिना शाही ठकुरी, क्षितिज तिमिल्सिना, …

पुरा पढ्नुहॊस »

दुर्गा प्रसाईँको अभियानका पाँच समर्थक पक्राउ (नामसहित)

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईँको आन्दोलनलाई समर्थन गरेका पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित पाँच जना छन् । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् । प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । अन्यको खोजी भइरहेको छ । प्रहरीकाअनुसार सुनधाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, …

पुरा पढ्नुहॊस »

दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन : प्रशासन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको बताएको छ । बिहीबार बल्खुमा प्रदर्शन गरेको प्रसाईं समूहले आज तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेपछि काठमाडौं प्रशासनले सूचना जारी गर्दै तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको प्रष्ट पारेको हो । तीनकुनेमा कार्यक्रम गर्न प्रसाईं पक्षले प्रशासनसँग समन्वय नगरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिहीबार बल्खुको प्रदर्शन सकिएपछि प्रसाईं …

पुरा पढ्नुहॊस »

व्यवस्था परिवर्तन नहुञ्जेल आन्दोलन जारी राख्ने दुर्गा प्रसाईंको घोषणा, आज तीनकुने केन्द्रित

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले आज पनि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । महाअभियानले आजदेखि नेकपा एमालेका नेता महेश बस्‍ने नेतृत्वमा बिहीबार आन्दोलन भएको क्षेत्र तीनकुनेमा प्रदर्शन गर्ने भएको हो । महाअभियानको पहिलो दिन बिहीबार बल्खुमा प्रदर्शन गरेको सो समूहले अब तीनकुनेमा प्रदर्शन हुने बताएको छ । ‘व्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौ’ उनले भने । उनका …

पुरा पढ्नुहॊस »