दुर्गा प्रसाईँको अभियानका पाँच समर्थक पक्राउ (नामसहित)

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईँको आन्दोलनलाई समर्थन गरेका पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित पाँच जना छन् । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् ।

प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । अन्यको खोजी भइरहेको छ । प्रहरीकाअनुसार सुनधाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन् ।

बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेका थिए । त्यही क्रममा प्रहरीमाथि प्रदर्शनकारीहरुले ढु‌ंगामुढा गरेका थिए । आफना कार्यकर्ताहरु पक्राउ परेपछि प्रसाईंले केही बेरमा पत्रकार सम्मेलन गर्ने तयारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस