काठमाडौं । नेपाली बजारमा बिहीबार नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (शुक्रबार) भने घटेको छ । बिहीबार प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको हो । आज तेजाबी सुन पनि तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ …
पुरा पढ्नुहॊस »बैतडीमा भीरबाट खस्यो ट्याक्टर, दुई जनाको घटनास्थलमै मृत्यु
काठमाडौं । बैतडीको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका-८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर चालक त्यसमा सवार राजेश चौधरी रहेको मृत्यु भएको बताए । दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल …
पुरा पढ्नुहॊस »महसुल उठाउन तात्यो प्राधिकरण, सडकबत्तीको लाइन जुनसुकै बेला काट्ने चेतावनी (सूचनासहित)
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती काट्ने भएको छ । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको हो । प्राधिकरणले गत चैत १६ गते सार्वजनिक सूचनामार्फत सबै स्थानीय तहलाई सडक बत्ती प्रयोग गरेवापतको बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको थियो । त्यसपछि केही स्थानीय तहबाट रीतपूर्वक ग्राहक बन्ने कार्य भई सडक बत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानी गर्ने …
पुरा पढ्नुहॊस »ब्याजदर घट्दा पनि कर्जाको माग नहुनु चिन्ताको विषय : बैंकर्स संघ
काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर घट्दा पनि कर्जाको माग नबढ्नु चिन्ताको विषय भएको बताएको छ । संघका अध्यक्ष सुनिल केसीले कर्जाको माग नबढ्नु बैंकको लागि मात्र नभई समग्र अर्थतन्त्रको लागि पनि चिन्ताको विषय भएको बताएका हुन् । अहिले बैंकमा ५०० अर्ब लगानीयोग्य रकम रहेको र ब्याजदर पनि घटिरहेको सन्दर्भमा कर्जाको माग नहुनु चिन्ताको विषय रहेको उनको भनाई थियो । उनका अनुसार चालु आर्थिक वर्षको चैत्र १६ गतेसम्म कर्जाको वृद्धिदर …
पुरा पढ्नुहॊस »देशभरको मौसम बदली, तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको …
पुरा पढ्नुहॊस »कांग्रेसले इलाम-२ मा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने
काठमाडौं । नेपाली कांग्रेसले इलाम-२ को उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले इलाम- २ मा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसले त्यस्तै बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले इलाम- २ मा उम्मेदार तय गर्न आज सबै आकांक्षीसँग छलफल गरेका थिए । इलाम- २ मा महामन्त्री गगन थापा लगायतले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका …
पुरा पढ्नुहॊस »नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन भारतीय व्यवसायीलाई इप्पानको आग्रह
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा भारतीय कम्पनीहरुलाई लगानी र व्यापारका लागि सबैभन्दा ठूलो अवसर आएको बताएका छन् । नेपाली राजदूतावास भारतले बुधबार नयाँ दिल्लीमा आयोजना गरेको ’दि पावर समिट २०२४’ लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले धेरै ऊर्जाका आयोजनाहरु अघि बढेकाले भारतीय लगानीकर्ता र व्यवसायीका लागि अहिले सबैभन्दा ठूलो अवसर आएको बताएका हुन् ।
पुरा पढ्नुहॊस »सुन र चाँदीको मूल्य हालसम्मकै महँगो, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज मूल्य प्रतितोला १ हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज १ हजारले बढेर १ लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ । तेजाबी सुन बुधबार प्रतितोला १ लाख ३२ हजार ३ सय ५० मा कारोबार …
पुरा पढ्नुहॊस »विदेशबाट आएको चार दिनमै श्रीमतीको हत्या
काठमाडौं । झापामा एक युवाले श्रीमतीको हत्या गरेका छन् । बाह्रदशी गाउँपालिका १ का ३३ वर्षीय देवनारायण राजवंशीले बिहीबार बिहान ३३ वर्षीया श्रीमती ममसरी राजवंशीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वैदेशिक रोजगारीका क्रममा ओमनमा रहेका राजवंशी चार दिनअघि मात्र बिदामा घर आएका थिए । पत्नी अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद हुँदा राजवंशीले खुकुरी प्रहार गरेको बताइन्छ …
पुरा पढ्नुहॊस »विश्वासको मत लिँदै मुख्यमन्त्री शाह, सरकार जोगिने सम्भावना क्षीण (अंकगणित)
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै छन् । २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । दिउँसो तीन बजे विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री शाहले विश्वासको मत पाउने दाबी गरिरहेका छन् । तर, नाउपाभित्रैको किचलो र स्वतन्त्र सांसदको अडानका कारण शाह सरकार जोगिने सम्भावना क्षीण छ । प्रदेशसभाको …
पुरा पढ्नुहॊस »