महसुल उठाउन तात्यो प्राधिकरण, सडकबत्तीको लाइन जुनसुकै बेला काट्ने चेतावनी (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती काट्ने भएको छ । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको हो ।

प्राधिकरणले गत चैत १६ गते सार्वजनिक सूचनामार्फत सबै स्थानीय तहलाई सडक बत्ती प्रयोग गरेवापतको बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको थियो । त्यसपछि केही स्थानीय तहबाट रीतपूर्वक ग्राहक बन्ने कार्य भई सडक बत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानी गर्ने प्रतिबद्धता पनि प्राप्त भएको र केहीबाट भुक्तानीसमेत प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

कतिपय स्थानीय तहबाट सूचना बेवास्ता गरिएकोले त्यस्ता स्थानीय तहमा रहेका सडक बत्तीको विद्युत् लाइन जुनसुकै बखत काटिने प्राधिकरणको चेतावनी छ । यसबाट सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ऊर्जामन्त्री खड्कासामु इप्पानले राख्यो आठबुँदे माग (मागसहित)

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई …

प्रतिकृया दिनुहॊस