ब्याजदर घट्दा पनि कर्जाको माग नहुनु चिन्ताको विषय : बैंकर्स संघ

काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर घट्दा पनि कर्जाको माग नबढ्नु चिन्ताको विषय भएको बताएको छ । संघका अध्यक्ष सुनिल केसीले कर्जाको माग नबढ्नु बैंकको लागि मात्र नभई समग्र अर्थतन्त्रको लागि पनि चिन्ताको विषय भएको बताएका हुन् ।

अहिले बैंकमा ५०० अर्ब लगानीयोग्य रकम रहेको र ब्याजदर पनि घटिरहेको सन्दर्भमा कर्जाको माग नहुनु चिन्ताको विषय रहेको उनको भनाई थियो । उनका अनुसार चालु आर्थिक वर्षको चैत्र १६ गतेसम्म कर्जाको वृद्धिदर ४.१७ प्रतिशत मात्र रहेको छ ।

डेढ वर्ष अघि कर्जाको औसत ब्याजदर १३.२ प्रतिशत रहेकोमा अहिले कर्जाको औसत ब्याजदर ११ प्रतिशत रहेको उनले बताए ।साथै बेस रेट पनि घटेर ८.७७ प्रतिशतमा आएको उनले जानकारी दिए । उनका अनुसार अर्थतन्त्र चलायमान हुन सहयोग पुगोस् भनेर बैंकहरुले घर कर्जा, विद्युतीय गाडी खरिद कर्जा लगायतका केही निश्चित कर्जाहरु एकल अंकको ब्याजदर मै प्रवाह गरिरहेको उनले बताए ।

संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले यस अघि कर्जा प्रवाह नहुनुमा बैंकको ब्याजदरलाई लिएर बैंकमाथि दोष लाग्ने गरेकोमा कर्जा प्रवाह नहुनुमा ब्याज मात्र कारक नरहेको प्रष्ट रुपमा देखिएको बताए । गत वर्षसम्म बैंकको ब्याजदर बढी भएर कर्जा प्रवाह नभएको आरोप व्यवसायीले लगाउने गरेकोमा अहिले ब्याजदर धेरै घटिकसक्दा पनि कर्जा प्रवाह अपेक्षित रुपमा नबढेकोले तथ्यांकले ब्याजदर मात्र कारक होइन भनेर प्रष्ट रुपमा देखाएको उनको भनाई थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष …

प्रतिकृया दिनुहॊस