काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रन्जिताबीच विवाद छ । यो विषयमा सम्झाउन आफू फेरि कैलालीबाट काठमाडौं आउन लागेको उनले बताएका छन् । नाउपाकी अध्यक्ष एवम् संसदीय दलको नेता समेत रहेकी रन्जितालाई अरुले भड्काइरहेको उनको टिप्पणी छ । ‘केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई …
पुरा पढ्नुहॊस »काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रो धनकुटामा पल्टियो
काठमाडौं । धनकुटामा माइक्रोबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौंबाट सङ्खुवासभा जाँदै गरेको माइक्रोबस धनकुटा नगरपालिका-९ स्थित मूलघाट-रुद्रबारी सडकखण्डमा राति २ बजे दुर्घटना भएको हो । माइक्रोबस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए । घाइतेमध्ये ९ जनाको उपचार धरानस्थित घोपा अस्पतालमा भइरहेको छ । उनीहरूको अवस्था मध्यम छ । अन्यको उपचार धनकुटा जिल्ला अस्पतालमा भइरहेको छ । उनीहरूको अवस्था सामान्य …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरेको आरोप लगाएको छ । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लोपटक गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक र गैर संवैधानिक भएको नेपाली कांग्रेसको ठहर रहेको उल्लेख गरेका हुन् । कांग्रेसले प्रदेश प्रमुखहरुबाट आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी …
पुरा पढ्नुहॊस »युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
काठमाडौँ । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एशिया कपमा छनौट हुन असफल भएको हो । सेमिफाइनलमा युएईले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले १७.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ११९ रन बनाएको थियो । यो …
पुरा पढ्नुहॊस »जसपाकी सांसद हसिना खानले लिइन् शपथ
काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालकी हसिना खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।शुक्रबार दिउँसो सिंहदरबारमा सभुमख देवराज घिमिरे जसपाबाट समानुपातिक सांसद बनेकी खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको १३ फागुन २०७९ मा निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद …
पुरा पढ्नुहॊस »शपथ लिएको भोलिपल्टै मुख्यमन्त्रीको पद धरापमा
शपथ प्रकरणपछि रन्जिता पक्षका दुई सांसदमा समेत फुट देखिएपछि बिहीबारमात्रै मुख्यमन्त्रीको शपथ खाएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई अप्ठ्यारो परेको छ । नाउपाकी सांसद टीका थापाले समर्थन फिर्ता लिएको घोषणा गरेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् । मन्त्रीको शपथ लिन बिहीबार प्रदेश प्रमुखको कार्यालय पुगेकी उनी मन्त्रालयको टुङ्गो नलागेको भन्दै शपथ नलिई फर्केकी थिइन् ।
पुरा पढ्नुहॊस »राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो
काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । दाेलखा भीमेश्वर नगपालिका-१ का १८ वर्षीय शिव श्रेष्ठ, ७० वर्षीय मानबहादुर थामी र १९ दीपेन्द्र थामीकाे मृत्यु भएकाे हाे । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी निरञ्जन भट्टराईका अनुसार ७ जना मध्यम घाइते भएका छन् भने ४५ जना सामान्य घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका-५ धारावतीमा जन्ती बाेकेकाे बस शुक्रबार बिहान सात बजेर २० मिनेटमा …
पुरा पढ्नुहॊस »सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड, आज कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ इतिहास रचेको छ । बिहीबार प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार ३ सय पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन पनि तोलामा ७ सयले बढेर प्रतितोला १ लाख ३८ हजार …
पुरा पढ्नुहॊस »सिन्धुपाल्चोकमा जन्ती सवार बस भीरमा खस्यो : तीन जनाको घटनास्थलमै मृत्यु, ५२ घाइते
काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका (पिस्कर)-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस धारावतीमा आज बिहान करिब ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । उनकाअनुसार …
पुरा पढ्नुहॊस »