फाइल फाेटाे

सिन्धुपाल्चोकमा जन्ती सवार बस भीरमा खस्यो : तीन जनाको घटनास्थलमै मृत्यु, ५२ घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका (पिस्कर)-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस धारावतीमा आज बिहान करिब ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको छ ।

उनका अनुसार बस भिरमा खसेकाले उद्धारमा केही समस्या भएको छ । घाईतेमध्ये सात जनाको अवस्था गम्भीर छ, मृतक र घाइते कसैको पनि नाम खुलेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धमला पक्राउ

काठमाडौँ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति गाउँपालिका–२ जयपुर बस्ने २३ …

प्रतिकृया दिनुहॊस