Tag Archives: mainnews

पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका सवालमा सरकारले कसैसँग सम्झौता गर्ने छैन : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन बलिदान गरेका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइते, अपाङ्गलगायत प्रेस स्वतन्त्रताको आन्दोलनमा योगदान गरेकाहरूप्रति सम्मान प्रकट गरेकी छन् । सन् १९९३ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारणसभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३ …

पुरा पढ्नुहॊस »

भेलुबाजेको निधन

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ । उनको बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा निधन भएको हो । हँस्यौली ठट्यौलीमा कुरा गर्ने उनी युट्युबमा लोकप्रिय थिए । अत्याधिक मादकपदार्थ सेवनको कारण बिरामी परेका उनलाई केही समय पहिले मात्रै काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गरेर लगिएको थियो । उपचारपछि स्वस्थ्यमा सुधार देखिएको थियो । पछिल्लो समय सामान्य भएपनि पुनः बिरामी परेपछि उनलाई …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत चार दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीबार २७ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ । सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरुमध्ये केहीले जिल्ला समन्वय समितिमा जिम्मेवारी पाएका छन् भने केही विभिन्न मन्त्रालयहरुमा पनि सरुवा भएका छन् । हेर्नुस् सरुवा सूची …

पुरा पढ्नुहॊस »

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा अल आउट हुदै १८१ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ८२ रन बनाए भने सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले १९-१९ रन बनाएका …

पुरा पढ्नुहॊस »

अध्ययन अवधिभरको खर्च बन्दोबस्त गरेर मात्रै छोराछोरीलाई क्यानडा पठाउनू : नेपाली दूतावास

काठमाडौं । क्यानडाको ओटावास्थित नेपाली राजदूतावास अध्ययनका लागि क्यानडा आउने नेपाली विद्यार्थीहरूका लागि सचेतना गराएको छ । दूतावासले एक सूचना जारी गर्दै अध्ययनका लागि क्यानडा आउने नेपाली विद्यार्थीहरूका लागि सचेतना गराएको हो । स्वास्थ्य बीमा आदिका बारेमा पूर्ण अध्ययन (Research) गरी जानकारी लिएर मात्र क्यानडा आउन क्यानडास्थित नेपाली दूतावासले नेपाली विद्यार्थीलाई आग्रह गरेको छ । त्यस्तै आफू पढ्ने कलेज/विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने …

पुरा पढ्नुहॊस »

अब पहुँचको भरमा माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अब पहुँचका भरमा माफी मिनाहा हुने परिपाटी सदैका लाग बन्द हुने जनाएका छन् । बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्तामा रहेको क्षेत्रीय कारागारको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । दलका नेतालाई भनेर, प्रहरीलाई भनेर गम्भीर अपराधमा जोडिएकाहरूले माफी मिनाहा गराउने सपना नदेख्न आग्रह गरे । गृहमन्त्री लामिछानेले राम्रो आचरण हुने कैदीबन्दीहरुलाई भने कानून बमोजिम माफी मिनाहा हुने बताएका छन् । जसको कोही हुँदैनन् …

पुरा पढ्नुहॊस »

घटेन काठमाडौँको प्रदूषण, अहिलेपनि विश्वकै प्रदुषित शहर

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण अहिले पनि अस्वस्थ रहेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आजपनि काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । विहिबार १७८ एक्यूआइसहित काठमाडौँ शिर्ष स्थानमा रहेको छ । यो स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ । प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई …

पुरा पढ्नुहॊस »

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । …

पुरा पढ्नुहॊस »

धादिङको थाक्रेमा घर जल्दा दम्पतीको ज्यान गयो

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका-५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उनी र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको हो । धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीकाअनुसार घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ । ‘राति करिब ११ः३० बजे घरमा आगो लागेको खबर पायौँ,’ उनले भने, ‘हाप्सेचौर अस्थायी …

पुरा पढ्नुहॊस »