आयरल्यान्ड वुल्भ्सको नेपाल भ्रमण क्रिकेट एक्सन स्पोर्टसमा

काठमाडौं । नेपाली क्रिकेट टोली रटेष्ट राष्ट्र आयरल्याण्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) बीच हुने क्रिकेट सिरिजका खेलहरु डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

डिशहोम र क्यानको सम्झौता अनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने ८ खेल एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने छ ।

नेपालको राष्ट्रिय टोली गुजरात र बडोदासँग टि–२० त्रिकोणात्मक सिरिजका लागि भारत जानुअघि पाहुना टोली आयरल्यान्ड वुल्भ्ससँग चैत १२ र र १३ गते टी २० क्रिकेट खेल्ने छ ।

त्यसपछि आयरल्यान्ड वुल्भ्सले नेपाल ए विरुद्ध तीन खेलको टि–२० सिरिज र त्यसपछि तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।

त्यसपछि ए टिमसँग टी २० चैत १५ गते, चैत १६ गते र चैत १८ गते गरी ३ वटा खेल खेल्ने छ । यस्तै, तीन वटा एक दिवसीय खेलहरु भने चैत २१, २३ र २५ गते हुने छन् । प्रतियोगिताका सवै खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता …

प्रतिकृया दिनुहॊस