कुमारी बैङ्कद्वारा वित्तीय साक्षरता भिडियो शृङ्खला र पुस्तक सार्वजनिक

काठमाडौँ । कुमारी बैङ्क लिमिटेडले वित्तीय साक्षरता प्रवर्द्धन र उद्यमीहरूलाई सशक्तीकरण गर्न महत्त्वपूर्ण कदम चालेको छ । प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल तथा वरिष्ठ कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैङ्कले यसै बिहीबार आफ्नो वित्तीय साक्षरता भिडियो शृङ्खला र पुस्तक एकैसाथ सार्वजनिक गरेको हो ।

बैङ्किङ सेवाहरूको विवेकपूर्ण उपयोगलाई प्रवर्द्धन गर्न गहिरो ध्यान केन्द्रित गर्दै, भिडियो शृङ्खलाले व्यवसाय व्यवस्थापन, नगद प्रवाह व्यवस्थापन, बैङ्किङ सुरक्षा र सही खाताहरू कायम राख्ने जस्ता अत्यावश्यक विषयहरूमा जोड दिएको छ। बैङ्कले भिडियो शृङ्खला र पुस्तक मार्फत बैङ्किङ सेवाको प्रयोग, व्यवसाय सुरु र सञ्चालन गर्ने प्रक्रिया, बैङ्किङ सुरक्षा जस्ता धेरै विषयवस्तुमा केन्द्रित गरेको छ।

उक्त भिडियो शृङ्खला र पुस्तक सहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रमा आधारित साना तथा मझौला व्यवसायहरूलाई पनि ठुलो टेवा पुग्ने तथा यसबाट व्यवसायीहरूले लाभ उठाउन सक्ने देखिन्छ।

भिडियो शृङ्खलामा दीपाश्री निरौला, दमन रुपाखेती, शिव शङ्कर रिजाल लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ भने उनीहरूको संलग्नताले ‘वित्तीय साक्षरता अभियान’ रचनात्मक बनाएको छ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले वित्तीय साक्षरता र उद्यमशीलतालाई बढवा दिन कुमारी बैङ्कले सो कदम चलेको हो भनेर बताएका थिए। यस पुस्तक र भिडियो शृङ्खलाले व्यक्तिहरूलाई, विशेष गरी नव उद्यमीहरू, साना व्यवसायी आदिलाई शिक्षित र सशक्तीकरण गर्न टेवा पुर्‍याउने छ भन्ने उनको आशय थियो। उनले यो भिडियो शृङ्खला र पुस्तक कुमारी बैङ्कको सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुने कुरा पनि उल्लेख गरे।

विगत २२ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after