एन आई सी एशिया र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीबीच सम्झौता

काठमाडौं ।  एनआईसी एशिया र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीबीच एनआईसी बैंकका ग्राहकहरुलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र सिद्धार्थ बिजनेश ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले  हस्ताक्षर गरे।

सम्झौतामा एन आई सी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीको मुलुकभर रहेका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री