समाचार

असार १ देखि सामूदायिक विद्यालय बन्द गर्ने परिषद्को चेतावनी

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटबाट आफूहरुको माग सम्बोधन नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षकलगायत कर्मचारीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा आइतबार नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म थाल ठटाएर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । बजेटमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीको तलबमान कायम गर्नुपर्ने आफूहरुको मागमा बजेटले कुनै सम्बोधन नगरेकाले प्रदर्शन गर्नुपरेको उनीहरुको भनाइ छ । उनीहरुले पम्प्लेटमा संघीय शक्षा ऐन जारी गर, नि: शुल्क …

पुरा पढ्नुहॊस »

ढुङ्गा खसेर लाग्दा हुम्लामा बालकको मृत्यु

child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

काठमाडौं । हुम्लामा ढुङ्गा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ । ढुङ्गाले लागेर सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो । ढुङ्गाले लागेर अर्का एक बालक घाइते भएका छन् । घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन् । दुवै जना बाख्रा चराउन वनमा गएका थिए । रोकायाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । ऐडीको दाहिने हात भाँचिएको …

पुरा पढ्नुहॊस »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चल्यो

काठमाडौं । सिनामंगलमा प्रहरीको गोली लागेर घाइते भएका व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ । आइतबार बिहान विमानस्थलअगाडि सिनामंगलस्थित शम्भुमार्गमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका लागुऔषध कारोबारी भारतीय नागरिक विकास भगत रहेको खुलेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले चलाएको गोली लागी भगत घाइते भएका हुन् । उनलाई काठमाडौं मेडिकल कलेजमा उपचारका लागि राखिएको छ । उनको घुँडा मुनिको भागमा गोली लागेको छ । …

पुरा पढ्नुहॊस »

सरकार फेसलेस गभर्नेन्सतर्फ उन्मुख : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा सरकार कडाइका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोबाइल व्यवसायीहरूलाई आग्रह गरेकी छन् । मन्त्री शर्माले कर छली हुन नदिन ल्याइएको प्रणाली कार्यान्वयनमा सहयोग गर्ने व्यवसायीका हितमा सरकार सहयोग गर्न सधैँ तत्पर रहेको बताइन् । नेपाल मोबाइल व्यवसायी महासङ्घको दोस्रो साधारणसभामा उनले भनिन्, “मोबाइल मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यकीय साधन बनिसकेको छ, २०६३ पछि बनेको सरकारका …

पुरा पढ्नुहॊस »

दुई स्कुटरमा सवार थियो चन्द परिवार, भारतमा कारले ठक्कर दिँदा चारै जना बिते

काठमाडौँ । भारतमा कारको ठक्करबाट एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ ।  भारतको उत्तराखण्ड अन्तर्गत वनबासा नजिकैको चकरपुरमा कारले ठक्कर दिँदा एकै परिवारका ४ जनाको  मृत्यु भएको हो । कञ्चनपुरको उल्टाखाम घर भएका चन्द परिवारका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५५ वर्षीया सरस्वतीदेवी, २७ वर्षीया बुहारी नर्मदा चन्द र भाइबुहारी ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरू खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका थिए …

पुरा पढ्नुहॊस »

आठौँ संस्करणको वातावरण साहित्य गोष्ठी सम्पन्न, नेपाल पर्या साहित्य प्रतिष्ठानको घोषणा

काठमाडौँ । इको साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१६ देखि गरिँदै आएको वातावरण साहित्य गोष्ठी- पर्या साहित्य विषयक कार्यपत्र प्रस्तुति, कृति विमोचन,पुरस्कार वितरण ,कविता वाचन तथा एक दिवसीय आठौँ वातावरण साहित्य गोष्ठी शनिबार काठमाडौँमा सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर सरगम प्रकाशन प्रा.लि. तथा साहित्य पोस्टको सहयोगमा विश्व नेपाल साहित्य महासंघ आयोजनामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक तथा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष विजय हितानले जानकारी दिए …

पुरा पढ्नुहॊस »

सुदूरपश्चिम प्रदेशको नाम फेर्न नागरिक उन्मुक्ति पार्टीको माग

काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग गरेको छ । आइतबार प्रदेश सभाको बैठकमा अगामीआर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरेका हुन् । प्रदेश सभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै चौधरीले प्रदेशको नाम पनि सान्दर्भिक नभएकाले संशोधनगर्दै खप्तड थरुहट प्रदेश राख्नुपर्ने माग गरेका हुन् । ‘प्रदेशको लोगो संशोधन गर्न समिति …

पुरा पढ्नुहॊस »

गोरखामा पाहुनालाई पृथ्वीनारायण शाहको मूर्ति उपहार

काठमाडाैँ  । गोरखामा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा महिला उद्यमी सङ्घ गोरखाको आयोजनामा गएको एक महिनाअघि भएको तालिममा १५ महिलाले ‘एडभान्स’ तालिम लिएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले जानकारी दिए । सहभागीलाई तालिमका क्रममा नेपाल एकीकरणका अभियान्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने, मूर्तिको फ्रेम निर्माण गर्नेलगायताका तालिम प्रदान गरिएको आयोजकले जनाएको छ । यसअघि एक महिने आधारभूत मूर्ति बनाउने तालिममा …

पुरा पढ्नुहॊस »

पुरै मन्त्रिमण्डल एकैसाथ धार्मिकस्थलमा जाँदा प्रश्न उठ्छ ?

काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले पुरै मन्त्रिमण्डल एकैसाथ धार्मिक स्थलमा जाँदा प्रश्न उठेको टिप्पणी गरेका छन् । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो क्याबिनेटका केही मन्त्रीहरूसहित पशुपतिनाथ मन्दिर पुगेको प्रसङ्गमा टिप्पणी गर्दै डा. भट्टराईले पुरै मन्त्रिमण्डल एक साथ धार्मिक स्थलमा जाँदा त्यो राजनीतिक हुने र प्रश्न उठ्ने बताएका छन् । नयाॅ ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’??एक्लै कोही कुनै धार्मिक स्थल जाॅदा प्रश्न उठउन मिल्दैन;त्यो उसको निजी …

पुरा पढ्नुहॊस »

धनुषामा दम्पतीमाथि घरमै खुकुरी प्रहार

काठमाडाैँ । धनुषामा एक दम्पतीमाथि खुकुरी प्रहार भएको छ । धनुषाको मिथिला विहारी नगरपालिका–६ सिरसिया बस्ने ३५ वर्षीय दिनकर यादव र उनी श्रीमती ३० वर्षीया ममता यादवमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट दुवै जना गम्भीर घाइते भएका छन् । यादव दम्पतीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ । श्रीमान दिनकरको घाँटी पछाडि काटिएको छ भने श्रीमती ममताको बायाँपट्टी काटिएको छ । शनिबार साँझ ७ बजे उनीहरू …

पुरा पढ्नुहॊस »