समाचार

राष्ट्रिय गौरवका आयोजनाको बजेट घट्यो

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको बजेटमा राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत बजेट घटेर आएको छ । महाकाली सिँचाइ तेस्रो चरण र महाकाली करिडोरको बजेट घटेको हो । बजेट अभावका कारण निमार्णले गति लिन नसकिरहेका बेला यसवर्ष पनि मागअनुसार बजेट नआउँदा आयोजनाको काम पछि धकेलिने चिन्ता थपिएको छ । महाकाली सिँचाइ आयोजना बजेट अभावका कारण पन्ध्र वर्षसम्म २८ किलोमिटर मूल नहर मात्रै निर्माण भएको छ । आयोजनाका सिनियर डिभिजनल …

पुरा पढ्नुहॊस »

अनामनगरमा महानगरले डोजर चलाएपछि स्थिति तनावग्रस्त

काठमाडाैं । काठमाडाैं महानगरले काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा डोजर चलाएपछि स्थानीयबीच विवाद भएको छ । सोमबार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुबीच विवाद सिर्जना भएको हो । एकपक्ष स्थानीयहरु वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीयहरु सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन् । …

पुरा पढ्नुहॊस »

अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट आएको छ : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले वजेट निर्माण भएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ ले बिहान काठमाडौंमा आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले देश र जनतालाई केन्द्रविन्दूमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको दाबी गरेका छन् । ‘केही समूहलाई बजेटबारे चित्त बुझेको छैन, दृढ अठोठका साथ कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौँ, बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत …

पुरा पढ्नुहॊस »

अमेरिका र माल्टा पठाउँछु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । अमेरिका र माल्टा पठाउँछु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा दुई जनालाई पक्राउ गरेको हो । माल्टा पठाउने भनेर ठगी गरेको आरोपमा मुगुको छायानाथ रारा नगरपालिका–३ घर भएका ३४ वर्षीय प्रवीण खड्का र अमेरिका पठाउँछु भनेर ठगी गरेको आरोपमा उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कि ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । खड्काले २ …

पुरा पढ्नुहॊस »

कोशी प्रदेशसभाको बैठक जेठ ३१ मा

काठमाडाैँ  । कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी गरेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

आर्थिक विधेयकका तीन बुँदा खारेज गर्न परिसंघको माग

काठमाडौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आर्थिक विधेयक २०८० का २६, २७ र २९ बुँदा तत्काल खारेज गर्न माग गरेको छ । सिबिफिनले सरोकारवाला संस्था र व्यक्तिसँग व्यापक छलफल गर्दा अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्ने गरी आर्थिक विधेयकमा व्यवस्था गरिएको भन्दै तत्काल खारेज गर्न माग गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को आर्थिक विधेयकको बुँदा नं.२६ मा फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गरी प्राप्त रकमबाट लाभांशबापत वितरीत बोनस …

पुरा पढ्नुहॊस »

कार्कीविरुद्धका उजुरी जाँच गर्न बोलाइयो संसदीय सुनुवाइ समिति

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक आजका लागि बोलाइएको छ । प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीको अध्ययन गर्न बैठक ११ बजेका लागि बोलाइएको हो । कार्कीविरुद्ध समितिमा परेका उजुरी अध्ययन गर्ने र आवश्यकता अनुसार उजुरीकर्तालाई छलफलमा बोलाइने समिति सदस्य तथा नेकपा एमालेका सचेतक महेश बर्तौलाले बताए । हिजो मात्रै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई न्याय परिषद्ले अनिवार्य अवकाशको मिति सम्झाएको थियो । न्याय परिषद् सचिवालयले आइतबार एक पत्र पठाउँदै ६५ …

पुरा पढ्नुहॊस »

लागूऔषधसहित कञ्चनपुरबाट तीन युवक पक्राउ

काठमाडाैं । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । गएराति भीमदत्त नगरपालिका–११ स्थित नेपाल भारत सीमा ७ नम्बर पिल्लर नजिक सोही नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, २० वर्षीय सुरज सुनार र २१ वर्षीय कोहरिस दमाइ पक्राउ परेका हुन् । शंकालागि चेकजाँच गर्दा उनीहरूको साथबाट ०.५१ ग्राम चरेश, ०.६० ग्राम खैरोहेरोईन र मोवाईल १ थान बरामद गरी तिनै जनालाई सशस्त्र प्रहरी सीमा सुरक्षा बलबाट खटिएको टोलीले पक्राउ गरेको हो …

पुरा पढ्नुहॊस »

बाजुरामा भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडाैं । बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो । जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । बाजुरामा पछिल्लो समय पटक–पटक भूकम्प गइरहेको छ ।

पुरा पढ्नुहॊस »

६७ जिल्लामा मिटरब्याजी पीडित

काठमाडौँ । मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएका छन् । मधेश प्रदेशका आठसहित ६७ जिल्लाका मिटरब्याजी पीडितले उजुरी दिएका हुन् । सरकारले वैशाख १७ गते विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको मिटरब्याज जाँचबुझ आयोगमा सबैभन्दा बढी मधेश प्रदेशमा उजुरी आएका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत आयोगमा उजुरी दिनेमा बाराका सबैभन्दा बढी छन् । आयोगका सदस्य एवं एवं महान्यायाधिवक्ता गणेशबाबु अर्यालले बारामा मात्रै तीन हजार …

पुरा पढ्नुहॊस »