असार १ देखि सामूदायिक विद्यालय बन्द गर्ने परिषद्को चेतावनी

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटबाट आफूहरुको माग सम्बोधन नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षकलगायत कर्मचारीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा आइतबार नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म थाल ठटाएर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

बजेटमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीको तलबमान कायम गर्नुपर्ने आफूहरुको मागमा बजेटले कुनै सम्बोधन नगरेकाले प्रदर्शन गर्नुपरेको उनीहरुको भनाइ छ । उनीहरुले पम्प्लेटमा संघीय शक्षा ऐन जारी गर, नि: शुल्क शिक्षा लागू गर, बुँदा नम्‍मर १२७ लागू गर, सर्वोच्चको फैसला कार्यान्वयन गर नारा लगाएका थिए ।

कर्मचारी परिषद्ले आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन गरेपनि जेठ २९ गतेबाट काठमाडौंमा रिले अनसन बस्ने पनि चेतावनी दिए । साथै असार १ गतेसम्म पनि माग पूरा नभए अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी समेत दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस