नक्कली भुटानी शरणार्थी प्रकरण : आजपनि थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ । सोमबारको अदालती समय सकिँदा ६ जना प्रतिवादीका कानुन व्यवसायीको बहस बाँकी थियो।

सोमबार गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेसहित ४ जना प्रतिवादीको पक्षमा बहस भएको थियो । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित ६ जनाको बहस बाँकी रहेको थियो।

खाणसहित पूर्व सांसद आङटावा शेर्पा, हज समितिका अध्यक्ष शमशेर मियाँ, ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जन तथा शरणार्थी नेता टेकनाथ रिजालसहितको प्रतिरक्षा बहस बाँकी छ ।

मंगलबार खाणको पक्षमा बहसका लागि कानुन व्यवसायीहरुले वकालतनामा दिइसकेका छन् । खाणको पक्षमा बसहका लागि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले तयारी गरेका छन् ।

सो थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र सो पछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टारामा ‘सर्च’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवरुद्ध भएको उडान-अवतरण प्रक्रिया पुनः सुचारु गरिएको …

प्रतिकृया दिनुहॊस