संविधान जारी हुनासाथ नागरिकता कानुन बनाउन दलहरू चुके : अमरेशकुमार सिंह

काठमाडौँ । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काडमाडौंको माइतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरूमाथि प्रहरीले दमन गरेकोमा निन्दा र भर्त्सना गरेका छन् ।
सांसद सिंहले नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न पनि सरकारसँग माग गरे । बुधवार प्रतिनिधिसभाको दोस्रो बैठकको शून्य समयमा बोल्दै उनले नागरिकतासम्बन्धि विचाराधीन मुद्दालाई किनारा लगाउन ढिलाइ गर्न सर्वोच्च अदालतको पनि गम्भीर ध्यानाकर्षण गराए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कहाँको मौसम कस्तो ? (तीन दिनको पूर्वानुमान)

काठमाडौं । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक …

प्रतिकृया दिनुहॊस